७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
मन्त्री अथकद्धारा चौधरीको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
  • न्युज डेस्क

    २८ बैशाख २०७९, बुधबार

(नेपालगन्ज )
भारोत्तोलन खेलाडी सन्जु चौधरीको शबमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन् । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव बुधबार उनको गृह नगर बाके ल्याइएको हो । बाकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागी राखिएको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताए ।चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको बताए ।
१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिइन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २२ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।
चौधरीको उनकै गृहनगरमा बुधबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरीएको छ ।

  • २८ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech