११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाकाे ज्यान गयाे
  • न्युज डेस्क

    १७ मंसिर २०७८, शुक्रबार

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ पिपरैयाका द्रोपती राना, रतना कुमारी राना र रानी रानाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरूको कैलालीको धनगढीमा उपचार भइरहेको छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित
  • Nabintech