७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
माेडर्ना खाेप पनि नेपाल आइपुग्याे

मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ ।

  • न्युज डेस्क

    १७ मंसिर २०७८, शुक्रबार

प्रतिकात्मक तस्बिर

कोभ्याक्स सुविधा अन्तर्गत एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेकाे छ । आज शुक्रवार दिउँसाे ती खाेप काठमाण्डाै आइपुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एन्ड जाेनसन र फाइजर खोप लगाइएको छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित
  • Nabintech