१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका ४ जनाको मृत्यु, ३ जना बेहोस
  • न्युज डेस्क

    १५ पुष २०७८, बिहीबार

भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन्  ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्‍न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए । आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनका ३ महिनाको छोरा इप्सन भट्टराई, सासु ४३ वर्षीया कोकिला भटटराई, धर्मप्रसादकी जेठानी दिदी नाता पर्ने कोली भट्टराईको मृत्यु भएको हो ।बेहोस अवस्थामा रहेका नरेन्द्रप्रसाद भट्टराईसहित अन्य ३ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भट्टराईका आफन्तहरु आएका थिए । उनीहरु एउटै कोठामा सुतेका थिए ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech