१ भाद्र २०७९, बुधबार
१ भाद्र २०७९, बुधबार
रारा म्याराथनको सद्भावना दुतमा मिरा राई
  • न्युज डेस्क

    १३ पुष २०७८, मंगलवार

न्यूज डेक्स काठमाडौं, पुस १३
किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत भएकी छिन् ।
मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डााफे लेक, हुादै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला फुल म्याराथन दुई विधामा समान पुरस्कार रहनेछ ।
सद्भावना दुतका रुपमा मीराले रारा म्याराथनमा समेत सहभागी हुनेछिन । ‘म नयाा खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुसागैं दौडिने छु तर प्रतियोगीका रुपमा होइन्’, मीराले भनिन ।
मीरा राईले नि:शुल्क रुपमा यस म्याराथनको सद्भावना दुतको रुपमा काम गर्नेछिन । ‘नयाा खेलाडीलाई अवसर मिल्ने भएकाले रारा म्याराथनमा म निशुल्क रुपमा काम गर्न लागेको हुा’, मिराले भनिन् ।
मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्ेरल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन । दर्जनौं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्रफी एडभेन्चर अफ द एयर’ विजेता हुन ।
रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दुतको रुपमा पाउादा रारा म्याराथनको उचाई बढेको बताए । उनले भने, ‘मीरा राई जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहााको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाा खेलाडीले धेरै कुरा सिक्नेछन ।’
‘जुम्ला विश्व किर्तिमानी धावक हरि बहादुर रोकाया दाईको ठााउ हो, उहााको मार्ग निर्देशनमा हामी अघि बढिरहेका छौं, अध्यक्ष शाहले भने, ‘जुम्लामा हरीदाईको अनुभव लगाव, मिहिनेतले हुर्किएका नयाा खेलाडीको लागि रारा म्याराथन घरमै ठुलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।’
रारा म्याराथनले कर्णाली प्रदेशको पर्यटन र विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । जलवायु परिवर्तन र मानिसहरुको बढ्दो आगमनले रारा तालको पर्यावरणमा पर्ने असर बारे सचेतना फैलाउनु पनि कार्यक्रमको उद्देश्य हुनेछ ।
अन्तराल विगत १५ वर्षदेखि खेलकुद, इभेन्ट म्यानेजमेन्ट,गीत संगीत,फोटोग्राफी, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनका काम गरिरहेको संस्था हो । विश्व किर्तिमानी धावक हरि बहादुर रोकायको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर “A Hidden Guinness World Record Holder”अन्तरालले निर्माण गरेको हो ।
म्याराथनलाई भव्यता दिन सबैपक्षसाग छलफल अघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट कोअर्डिनेटर चक्र बहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित
  • Nabintech