१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
पुस २८ मा चौतारीको जिल्ला अधिवेशन हुदै
  • न्युज डेस्क

    १० पुष २०७८, शनिबार

न्युज डेस्क :प्रेस चौतारी बाँकेको ९ औं जिल्ला अधिवेशन यहि पुस २८ गते हुने भएको छ । जिल्ला अध्यक्ष हेमन्त विकको अध्यक्षतामा शनिबार नेपालगन्जमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशन हुनेछ । अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
बैठकले अधिवेशन भन्दा अगाडी सम्पूर्ण सदस्यहरुको नविकरण गराईसक्नुपर्ने निर्णय समेत गरेको छ । चौतारीको अधिवेशनले नया नेतृत्व समेत चयन गर्ने भएको छ । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु रुद्र सुवेदी, गोविन्द शर्मा, भेषराज बस्नेत, ठाकुरसिंह थारु, रुपा गहतराज, केन्द्रीय सल्लाहकार शिव डोटेल, डिल्ली बिसी, अछरी पोखरेल लगायतले विभिन्न सल्लाह र सुझाव राखेका थिए ।
यसैबीच प्रेस चौतारी बाँकेले नेकपा एमालेका नव निर्वाचित केन्द्रीय सदस्यहरुको स्वागत तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रा, मो. हारुन, शान्ति ढकाल, दिपा शर्मा लाइ सम्मान गरिएको थियो ।

 

  • १० पुष २०७८, शनिबार प्रकाशित
  • Nabintech