७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
डुडुवाको दशौ गाउँसभाले सात वटा विधेयक पारित
  • न्युज डेस्क

    ९ पुष २०७८, शुक्रबार

न्युज डेक्स :बाँकेको डुडुवा गाउँपालिकाको दशौ गाउँसभाले सात वटा विधेयक पारित गरेको छ ।

विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाँउपािलको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरि सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको हो ।
सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेकी विधेयक सर्ब सम्मत रुपमा पारित गरिएको थियो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिबेदन र संशोधित बजेट प्रस्तुत गरे । गाउँसभाले गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८–०७९ को बजेटमा संशोधन पनि गरेको छ । चालु आर्थिक वर्षको बजेटका केही कार्यक्रमहरुको बजेट कटौती र केही कार्यक्रमहरुमा रकम थप गर्ने गरि गरिएको बजेट संशोधन पारित गरेको थियो ।

डुडुवा गाउँपालिका अहिले जिल्लास्तरमै नमूनाको रुपमा काम गर्न सफल भएको पालिका अध्यक्ष चौधरीले दावी गरेका छन । उनका अनुसार स्वास्थ्य क्षेत्रमा सब भन्द बढी अंक ल्याएर जिल्लामै पहिले, विभिन्न निति निणर्य र प्रक्रियामा गरिएको काम अन्र्तगत स्वमुल्याकनमा पनि जिल्लामा पहिलो, घर घरमा पशु उपचार सेवामा देशकै पहिलो स्थानीय तह र बाँके जिल्लामै सब भन्दा कम बेरुजु डुडुवामा रहेको पाइएको छ ।

‘गाउँपालिकाले मुख्य लक्ष्य लिएर शुरु गरेको विभिन्न नमूना योजनाहरु सफल भएका छन । उनले भने,जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, जेष्ठ नागरिक उपचार सेवा, जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता वितरण, घरघरमा घटना दर्ता अभियान जस्ता कार्यक्रम प्रभावकारी रुपमा देखिएको छ ।’
गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले संचालन गरेका सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानौ, वडाध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित
  • Nabintech