७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
नेकपा एमाले बाँकेका उपसचिव समाजवादीमा प्रवेश
  • न्युज डेस्क

    ९ पुष २०७८, शुक्रबार

न्युज डेक्स :नेकपा एमाले बाँकेका उपसचिव तथा प्रचार विभाग प्रमुख प्रमोद धिताल पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले धिताललाई बाकेको कोहलपुरमा भएको एक कार्यक्रमबिच पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन ।
धिताल २०४१ सालबाट विद्यार्थी राजनीतिबाट आफनो राजनीतिक यात्रा शुरु गरेका हुन । उनि अनेरास्ववियुको स्कुल कमिटीको सदस्य, सचिब, अध्यक्ष हुँदै बाँके जिल्लाको सदस्य, उपाध्यक्ष हुँदै अनेरास्ववियुको तीन कार्यकाल जिल्ला अध्यक्ष बनेका थिए । उनि २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सभापति समेत बनेका थिए ।
धिताल अनेरास्ववियुको केन्द्रिय सदस्य, एमाले नेपालगन्जको नगर सचिब, २०६६ सालमा बाँके जिल्ला सदस्य, २०७१ सालमा उपसचिब, नेकपा टुक्रेपछि पुन: एमालेको ७ महिना सचिब र एमालेभित्रको दश बुदे सहमति पस्चात फेरी उपसचिव बनेका थिए । उनि एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका थिए ।

 

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित
  • Nabintech