१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
सिमा सुरक्षाका बिषयमा सम्बेदनशील बन्ने प्रतिबद्धता
  • न्युज डेस्क

    ७ पुष २०७८, बुधबार

न्युज डेस्क: नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक नेपालगंन्जमा भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाकेको अनुसार भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो ।नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीले सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गरेर अघि बढ्ने बिषयमा छलफल केन्द्रीत रहयो ।
बुधबार नेपालगन्जमा भएको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता ब्यत्त गरे ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागुऔषध नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रणमा लिन सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष अनुरोध गरेका थिए। कोरोनामा नेपाल भारत आवत जवात कडाई गर्ने विषयमा छलफल भएको छ ।
बाकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतमा सहज रुपमा कारोबार हुदा लागुऔषध नेपालमा सहजै भित्रिएको बताउँदै त्यसमा कडाइ गरिदिन आग्रह गरेको बताए। ‘नेपाल भारत विच सुरक्षा मजबुत वनाउने विषयमा छलफल केन्द्रित रहयौ’उनले भने, ‘बिशोष गरी मानव बेचबिखन, हतियार फरार अभियुक्त नियन्त्रण, लागुऔषध रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण र नाकामा आवतजावत लाइ सहज बनाउने विषयमा छलफल गरेका छौ ’
बैठकमा भारतीय अधिकारीले उत्तर प्रदेशमा निर्वाचन हुन थालेकाले नेपालतर्फबाट हुन सक्ने असुरक्षा प्रति समन्वय र सहयोग सहयोग गरिदिन अनुरोध गरेका छन्।
नेपालको तर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमावर्ती आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका एसपीको सहभागिता रहेको थियो।
बैठकमा भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, लखिमपुर, श्रावस्ती, पिलिभित जिल्लाका डीएम, एसपी, गोरखपुर र देवीपाटनका अतिरिक्त महानिरीक्षक र डीआइजीको सहभागिता रहेको थियो।

  • ७ पुष २०७८, बुधबार प्रकाशित
  • Nabintech