६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
२५ प्रतिशतले दोस्रो खोप लगाएनन्
  • न्युज डेस्क

    ७ पुष २०७८, बुधबार

 

न्युज डेस्क

बाकेमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरीएपनि पहिलो खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप लगाएका छैनन्।
स्वास्थ्य कार्यालय बाकेका अनुसार जिल्लामा ६ लाख १९ हजार ३३७ जनसंख्या रहेकोमा एक लाख ४१ हजार ६७४ जनाले एउटा पनि खोप लगाएका छैनन्।

कार्यालयले आयोजना गरेको कोभिड–१९ खोपसम्बन्धी जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जिल्लामा ३१.९ प्रतिशतले कोरोनाको दोस्रो डोज लगाएको जानकारी दिए।

स्वास्थ्य कार्यालय बाकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले एक लाख ९७ हजार पाच सय १७ जनाले खोपको मात्रा पूरा गरेको बताए ।
ओमिक्रोन देखिएसंगै खोप लगाउनेको संख्या बढयौ ।सुरुमा खोप बारे सबै अनबिज्ञ भए ’उनले भने ,‘अहिले खोप बाट छुटेका समुदायमा नै पुगेर खोप लगाउन थालेका छौ’

खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख छ हजार एक सय ६५ जनामध्ये ४८.६ प्रतिशतले खोपको दोस्रो मात्रा पूरा गरेका हुन् । पहिलो डोज लगाउनेको संख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ ।
यो हिसावले हेर्दा ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।

अझै जिल्लामा एक लाख ४१ हजार छ सय ७४ जना मानिसहरु खोपको पहुँचदेखि बाहिर छन् । ती व्यक्तिहरुलाई खोपको पहुँचमा ल्याउन जिल्लाका पछिल्लो समयमा बाकेमा सबै पालिकाबाट खोप लगाउने अभियान चलिरहेको छ ।

 

  • ७ पुष २०७८, बुधबार प्रकाशित
  • Nabintech