१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
ज्याेति कुञ्जकाे २०आै साधरण सभा सम्पन्न
  • न्युज डेस्क

    ३ पुष २०७८, शनिबार

ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि.नेपालगन्जले २० आै बार्षिक साधरणसभा सम्पन्न भएकाे छ।

संस्थाकाे अध्यक्ष शुष्मा महर्जनकाे अध्यक्षता, प्रकाश ज्ञवाली जिल्ला बचत तथा ऋण सहकारी संघकाे प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष आशामाया बजगाई, निवर्तमान अध्यक्ष नयाँ देवी गुरुङ र कानूनी सल्लाहकार कपिल देव शर्माकाे आतिथ्यतामा जिल्ला समन्वय समितिकाे हलमा साधारण सभा सम्पन्न भयाे।

संस्थाका उपाध्यक्ष अनिता पौडेलले स्वागत मन्तव्य दिदै शेयर सदस्यहरूलाई समयमा बचत ,व्याज, किस्ता बुझाउदा, आह्वान गर्दै जस्ले गर्दा संस्थाकाे आर्थिक उन्नतीमा टेवा पुग्ने बताउनु भयाे।

कार्यक्रममा संस्थाका अध्यक्ष शुष्मा महर्जनले आ.ब ०७७/०७८मा सहकारीले गरेकाे उपलब्धि भावी याेजना सम्भावना र चुनौतीका बारेमा जानकारी गराउनु भयाे। यसै गरी संस्थाकाे प्रगती विवरण सचिव रेजिना मल्लले प्रस्तुत गर्नु भयाे ,आर्थिक बर्ष२०७७/२०७८ मा कुल शेयर सदस्य -८१७, कुल शेेयर पुँजी रू २८,१०६४२|,निक्षेप– रू २,२८,०४,४,५३०|१३, लगानी- रू १,९८,७४,४९८|,यस बर्ष संस्थाले रू ७१,९५० नाफा कमाउन सफल भएकाे छ ।

उक्त कार्यक्रमा प्रमुख अतिथिज्यूबाट संस्थाका सदस्य द्वय श्री कमला देबी शाहीज्यूलाई ज्येष्ठ नागरिक ,श्री शिला श्रेष्ठ ज्यूलाई वर्ष कै उत्कृष्ट बचतकर्ता र श्री सकिना बानाेलाई बर्ष कै उत्कृष्ट ऋणी भनी सम्मान पत्रबाट सम्मानीत गरीयाे ।

ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाको २० औ साधारण सभाबाट अध्यक्षमा अनिता पौडेल ,उपाध्यक्षमा रेजिना मल्ल, सचिवमा मेनका जोशी र कोषाध्यक्षमा अमृता सुनार सभाबाट सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा जया चन्द, सरिता शाक्य, कुमुद हमाल, सुमित्रा जोशी, निरकला वि.क र लेखा संयोजकमा मन्दिरा पाण्डे सर्वसम्मत चयन भएका हुन् ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित
  • Nabintech