८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
साक्षर नगर घोषणाको तयारी गर्दै नेपालगंन्ज
  • न्युज डेस्क

    १ पुष २०७८, बिहीबार

न्युज डेस्क

नेपालगन्जलाई साक्षर नगर घोषणाको तयारी गरिएको छ । नगरलाई साक्षर घोषणा गर्न थालिएको अभियानका बारेमा जानकारी दिन उपमहानगरले पत्रकार संग अन्तरक्रिया गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्य सम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगन्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ ।यो अभियानका लागि ३० लाख छुटयाइएको छ । त्यसका लागि एक सय ३० जना शिक्षक तयार गरीएको छ ।
उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले अबको एकसाता निरक्षरहरुको तथ्यांक संकलन गरि ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने बताए । ‘नगर भित्र १५ हजार निरक्षर छन् भन्ने हाम्रो तथ्याकंले देखाउछ ’ ’उनले भने,‘साक्षरता कक्षा सञ्चालनका लागि नगरभित्रका वाल विकास शिक्षक तथा स्वास्थ्य स्वयमसेवकलाइ परिचालन गछौ।’
नेपालगन्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको अनुमान छ । उनीहरुलाई विशेष साक्षरता कक्षा सञ्चालन गरि सुचक पुरा गरेर साक्षर नगर घोषणा गर्ने तयारी गरिएको सुवेदीले बताए ।
उप–महानगरपालिकाका शिक्षा अधिकृत भिमवहादुर बुढाले साक्षर उप–महानगरपालिका घोषणाका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्न लागिएको बताउदै आम नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।‘वडाहरुमा काहा कति निरक्षर छन भनेर तथ्याकं सकंलन गर्दै छौ ’उनले भने, त्यसैको आधारमा शिक्षक परिचालन गर्छौ ’
साक्षर नगरसँगै वाल विवाहमुक्त नगर घोषणा अभियान पनि संगसंगै लैजान लागिएको उपमहानगरपालिकाले जनाएको छ ।
नगर भित्र रहेका निरक्षरलाई साक्षर बनाई आगामी चैत भित्र साक्षर घोषणाको तयारी गरिएको हो ।

 

  • १ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech