८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
‘न्यायका लागि कलम चलाउनुस् सरकार’

निर्मला प्रकरण

  • न्युज डेस्क

    २८ मंसिर २०७८, मंगलवार

न्युड डेक्स, मंसिर २८(काठमाडौ)–
काठमाडौमा नेपाली कांग्रेसको महाधिवेशन चलेकोछ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापति बन्ने धुनमा छन् । यता महिनौदेखि न्यायको खोजीमा छटपटाइरहेका बांकेका निर्मलाका अधिकारकर्मी मण्डलाको चिसो भईमा आन्दोलन गरिरहेका छन् । महाधिवेशन र चुनावले लहरमा निर्मलाले न्याय पाउछिन कि पाउदिनन ? आन्दोलनकारीको मनमा यहि चिसो पसेकोछ । यद्यपी उनीहरुको आवाज भने झन पछि झन चर्को बन्दै छ । १४ जनाको आन्दोलन समुह अहिले जनस्तर बाट बढेर भिड बन्न थालेकोछ । आवाजहरु थपिदै छन् । निर्मलालाई न्याय दिलाउन मण्डला भरिदैछ ।

बांकेकी निर्मला कुर्मीको न्यायका लागि अँन्दोलनमा होमिएकी अधिकारकर्मी रुवी खान सुरु देखि एक्लै उभिएकी छन् । तर, उनको हौसला र साहास दृण छ । उनी पीडितका परिवारको हात समाएर काठमाडौको चिसो भुईमा बस्दै, मौन सरकार समक्ष न्याय माग्दै छन् । उनीहरुले निर्मलाको न्यायको लागि हात फैलाएको २० दिन भइसक्यो । यो उनीहरुको दोस्रो चरणको आन्दालन हो । पहिलो चरणको आन्दोलनमा दुई साता सम्म पैदल हिडेर काठमाडौ पुगेकी थिइन् । बांकेको जिल्ला प्रहरी कार्यालयमा धर्ना समेत गरेका थिए । प्रहरीले कुनै पनि कानुनी प्रक्रिया अघि नबढाएपछि उनीहरु काठमाडौ पुगेका थिए । अहिले फेरि त्यहि सुस्त प्रहरी प्रशासन र सरकारलाई घचघचाउन आन्दोलनमा होमिएका हुन् । नेपालगन्ज उपमहानगरपालिका परस्पुर १७ की निर्मला वेपत्ता भएको, उनको साढे चार विघा जग्गा भुमाफियाले हिनामिना गरेको र उनीमाथि अन्य थुप्रै ज्याजति भएको थियो । सरकारले नै सत्यतथ्य पत्ता लगाउन गठन गरेको छानविन समीतिले समेत निर्मलाको जग्गा भुमाफियाले हडपेको खुलेकोछ । यद्यपी सरकार भने प्रतिवेदनलाई दराजमा थन्काएर चुपचाप छ । रुवी यतिबेला प्रतिवेदन अनुसारको सरकारले निर्मलालाई जति सक्दो छिटो न्याय दिलाउन आवाज उठाइरहेकी छन् । ‘हाम्रो आन्दोलन जारीछ,’ उनी भन्छिन्,‘न्यायका लागि कलम चलाउनुस् सरकार ।’

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित
  • Nabintech