१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
सभापतिमा देउवाको सम्भावना

सन्र्दभ , कांग्रेस महाधिवेशन

  • न्युज डेस्क

    २८ मंसिर २०७८, मंगलवार

न्युज डेक्स, मंसिर २८ (काठमाडौ)–
नेपाली कांग्रेसको निर्वाचन नजिता यतिबेला सबैको लागि रोचक र चाख लाग्दो हुने भएकोछ । दोस्रो चरणको निर्वाचन प्रवेशले कांग्रेस सभापतिका लागि यतिबेला शेर बहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा चलेकोछ । यसले कोइराला पुस्तालाई नेताहरुले एकबद्ध भई ओझेल पार्ने मनसाय देखिन्छ ।
काठमाडौमा भएको नेपाली कांग्रेसको महाधिवेशनको निर्वाचनको दोस्रो चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री देउवाले प्रकाशमान सिंह, विमलेन्द्र निधी समेतको समर्थन पाएका थिए । दुवै जना समर्थनमा आएपछि देउवाले कोइराला वाद विरुद्ध कदम चालेको देखिन्छ । चुनावी प्रतिस्प्रर्धामा दोस्रो चरणको नतिजाले कोइराला पुस्ता हटाउने मनसाय प्रष्ट हुन्छ ।
मंगलबार दिउसो ३ः३० बजे देखि ७ः३० सम्म मतदान हुने केन्द्रीय निर्वाचन समीतिले समय तोकेकोछ । यसमा कोइराला र देउवा बीच सहमति हुन सकेन भने सभापतिको लागि समीतिले निर्वाचन प्रक्रिया अघि सार्ने जनाएको छ सभापति सहित १ सय ३४ पदमा निर्वाचन तोकिएकोछ । सभापति बाहेक अरु सबै पदका लागि मतदान भइसकेको भएपनि मतगणना भने भएको छैन । निर्वाचन समीतिले जनाए अनुसार सभापतिको परिणाम आइसकेपछि मात्रै अरु पदको मतगणना सूरु गरिनेछ । यद्यपी मतपेटीकालाई सुरिक्षत साथ ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिएकोछ ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित
  • Nabintech