१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार
विश्वको दुर्लभ कृष्णसारको आहार कै संकटमा
  • न्युज डेस्क

    २ पुष २०८२, बुधबार

गुलरिया बर्दिया कृष्णसार लाई आहारा संकट टार्न मौसमी खेती लगाउदै गरेको छन् आहारकै संकटमा ।
बर्दिया को गुलरिया वडा नम्वर १ मा पताहामा रहेको विश्वको दुर्लभ कृष्णासार हिउँको जाडोमा कृष्णसारलाई आहाराकै संकट रहेको कृष्णसार संरक्षण भोजराज पन्थले बताए ।
गुलरिया बर्दियाको खैरापुरमा पाइने एन्टीलोप प्रजातिको कृष्णसारलाई हिउँद सुरु भएसँगै आहाराको संकट भएको छ। नेपालबाटै लोप हुन थालेपछि बन्यजन्तु संरक्षण ऐन २०२९ ले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ। सिरु लगायत दुबोका मसिना टुसा खान मनपराउने चनाको कलिलो मुनाहा मन पराउने कृष्णसारहरूलाई हिउँदमा आहारा कमी भएसँगै कार्यालयले आहारा संकट टार्न मौसमी खेती सुरु गरेको छ।

कृष्णसारको आहारा कम भएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमी खेती गर्नु परेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका संरक्षण अधिकृत भोजराज पन्थले बताए । संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसर चरिचरण क्षेत्रको ८ हेक्टर क्षेत्रफलमा मौसमी खेती गरिएको छ। उनले भने, ‘पहिलो चरणअन्र्तगत गहुँ, मकै, केराउ, मसुरो चना लगायतका अनाजहरू छरेका छौं।
यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ । अनाज उम्रदादेखि नै कृष्णसार चर्ने भएकाले दोस्रो चरणमा पुनः अनाज छरिने उनले बताए । वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक वासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण सुरु गरेको हो । बर्दियाको गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी २ सय १७ वटा कृष्णसार रहेको संरक्षण अधिकृत पन्थले जनाए।

कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियम लगायतका मिचाहा प्रजाती, छाडा पशुको खुला चरिचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको उनको भनाइ छ।

कृष्णसार संरक्षण क्षेत्रमा यथेष्ट आर्थिक अभाव हुँदा संरक्षणमा चुनौती थपिने गरेको छ। हिउँदमा कृष्णसारको चरिचरण क्षेत्रका आहारा घाँसजन्य प्रजातीहरू सुक्ने भएकाले पनि समस्या पर्ने गरेको हो ।
बर्दियाको गुलरिया स्थित खैरापुरको पटाहा क्षेत्रको प्राकृतिक बासस्थानमा रहेका एन्टीलोप प्रजातीका कृष्णसारहरूलाई बर्षाको समयमा चरिचरणको समस्या नभएपनि हिउँदे सुखा याममा घाँस सुक्ने भएका कारण चरिचरणको समस्या पर्ने गर्छ। गाँउवस्ती वसोवासकारण चरीचरण भएको छ । मानीसहरुको बस्तीले गर्दा यहाँ रहेको कृष्णसारको लागी पानीको व्यस्थपन गरीको ताल वातावरणीय असरले गर्दा स्क्न गएको छ कृष्णसाारहरुको पानी खाने ठाउँ सुख्खा भएपछी कृष्णसार पानी संकटमा रहेका छन् ।

बर्दियाको खैरापुर पटाहा मा रहेको कृष्णसारको संख्यामा बृद्धि भएको छ । संरक्षण क्षेत्रमा दिन रात गस्ति जाने अनुगमन गर्ने, घाँसे मैदानको व्यवस्थापन गर्ने र संरक्षण क्षेत्रको तारजाली मर्मत सभ्भार गर्ने कार्यले कृष्णसारको संख्यामा बृद्धि आएको हो । चाल आर्थिक बर्षमा २७ वटा कृष्णसारको संख्या बढेको छ । संरक्षण क्षेत्रको व्यवस्थापनमा सुधार संगै कृष्णसारको बढोत्तरी हुँदा वरापराका स्थानीय समेत खुशी देखिन्छन ।
बर्दिया गुलरिया नगरपालिका वडा न।२ स्थित पटाहा क्षेत्र कृष्णसारको एकमात्र प्राकृतिक बासस्थान हो । यहाँ २०३२ सालमा अस्थायी चौकी खडा गरी संरक्षणको सुरुवात गरिएको थियो । चितुवा, हुँडार, स्याल, भुस्याहा कुकुरको आक्रमणले घटदै गईरहेको कृष्णसार फागुन पहिलो हप्तादेखी बच्चा जन्माएपछि बृद्धि भएको छ । गत आर्थिक बर्षको माघ महिन सम्म १ सय ९७ वटा रहेको कृष्णसार चालु आर्थिक बर्षमा २७ वटा थपिएको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ ।
कृष्णसार संरक्षण क्षेत्रमा घाँसे मैदान व्यवस्थापन र बच्चा जन्माउने बेला कर्मचारीहरुको दिन रात गस्तिको कारण कृष्णसारको बृद्धि भएको कृष्णसार व्यवस्थापन परिषदका अध्यक्ष दिपेन्द्र यादवको भनाई छ । पछिल्लो समय कृष्णसार संरक्षण र व्यवस्थापनमा सुधार हुँदै जाँदा स्थानीयहरुलाई यो कृष्णसार संरक्षण क्षेत्र हो भन्ने महसुश भएको यादवले बताए ।
कृष्णसार संरक्षणमा स्थानीयहरुको समेत भुमिका रहेको छ । कृष्णसारलाई असर पर्ने खालको गतिविधिलाई स्थानीयहरुले पनि रोकथाम गर्ने गरेका छन्। आफ्नो नजिकै रहेको कृष्णसार संरक्षण क्षेत्रको व्यवस्थापन र कृष्णसारको संख्या बढ्दा आफुहरुलाई खुशी लागेको स्थानीयहरुको भनाई छ ।
संरक्षणकै कारण चालु आर्थिक बर्षमा २७ वटा कृष्णसार थपिएको छ । कृष्णसार संरक्षण क्षेत्र भित्र रहेको अनियमित बस्तिलाई व्यवस्थापन गर्न सके संरक्षण क्षेत्र व्यवस्थापन हुने, कृष्णसारको संख्यामा बुद्धि हुने र पर्यटकहरुको रोजाई बन्न सक्ने प्रवल सम्भावना देखिन्छ । पर्यटकीय पुष महिनाको सुरुवातमा पर्यटक हरुको रोजगाई वनेको छ ।
पर्यटकीय क्षेत्रको रुपमा रहेको आन्तरीक तथा वाह पर्यटक हरुको खुईचो लागेको छ ।यहाँ कृष्णसारको संरक्षणमा समेत चुनौती वनेको छ । आन्तरीक तथा वाह्र पर्यटक हरु पिकीनीक खान आउदा चरीचरण क्षेत्रमा मान्छेको होहाल्ला फुसीहा कुकुर चितुवा बाघको आक्रमणको कारण कृष्णसारको मृत्यु होल्ला कारण कृष्णसार संरक्षणमा चुनौती थपीएको छ । कृष्णसारको संरक्षणको लागी तारजालीहरु लगाउने गरेको १०७ विगाहा क्षेत्रफलमा भौलीएको यसको चरीचरणमा समेत समस्या परेको छ । गुलरिया नगरपालीकाको नगरप्रमुख मुक्ती नाथ यादव भने गुलरीया नगरपालीको गहनाको रुपमा रहेको विश्वकै दुर्लभ कृष्णसार संरक्षणको लागी गुलरिया बासी स्थानीय जनाले सवैले संरक्षणमा लागेको बताए र यसको लागी नगरपालीकाले बजेट समेत विनीयोजन गरेको बताए ।
कृष्णसार संरक्षणको लागी स्थानीय समुदायहरुले यसको महत्व पुर्ण आवश्यकता रहेको यो पानी पर्दा भालेले पोथीलाई दुवै रमाएर नाचे गर्छन । आज काल पुस महिनामा वच्चा देखी वृद्ध सम्म आन्तरीक देखी वाह« पर्यटकहरु पुसमा पिकनीक खानेको घ्ुईचो लागेको संरक्षण समीतिका अध्यक्ष यदावले बताए । उनका अनुसार यहाँ वच्चाहरु कृष्णसार हेर्न धेरै टाढा टाढाबाट आउने गरेको बताए । यो प्रकृति को उपहार भएको बताए । मेला महोत्सव हेर्न आएका वाह«« महोत्सव हेर्न आउनेहरु गलफिरेन्द वोईफीरेडहरु रमाइलो नयाँ युवन जोडीहरु यहाँ आफ्नो खुसीयाली साता सात गर्ने गरी घुम्फीर गर्ने गर्छन ।

  • २ पुष २०८२, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२