१३ जेष्ठ २०८३, बुधबार
१३ जेष्ठ २०८३, बुधबार
लागुऔषध दुर्व्यसनी तथा बालबालिका न्यूनीकरण सम्बन्धी सचेतना मुलक सडक नाटक
  • न्युज डेस्क

    १२ जेष्ठ २०८३, मंगलवार

लागुऔषध दुव्र्यसन र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन
बर्दिया
जेठ १२ गते
बर्दियाको मधुवन नगरपालिका वडा नं. २ स्थित श्री मञ्जुश्री शिशु वाटिका माध्यमिक विद्यालयमा लागुऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।
विकासको लागि हाम्रो प्रयास नेपाल, बर्दियाको आयोजना, मधुवन नगरपालिका वडा नं. २ को आर्थिक सहयोग तथा सूर्योदय सांस्कृतिक प्रतिष्ठान गुलरिया, बर्दियाको प्रस्तुतीमा मंगलबार विद्यालय परिसरमा सडक नाटक प्रदर्शन गरिएको हो।
पछिल्लो समय विभिन्न कारणले सानै उमेरमा लागुऔषध दुव्र्यसन र बालविवाह बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा कलाकार टोलीले समाजमा भइरहेका विकृति, विसंगति तथा त्यसबाट हुने असरलाई नाटकमार्फत प्रस्तुत गरेका थिए।
वडा अध्यक्ष आशाराम थारुले लागुऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणका लागि वडा कार्यालयले प्रत्येक वर्ष चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले बालबालिकालाई सही शिक्षा, संस्कार र वातावरण दिन अभिभावक सचेत हुनुपर्नेमा जोड दिनुभयो।
वडा अध्यक्ष थारुले मधुवन नगरपालिका खुला भारतीय सीमा नाकासँग जोडिएको क्षेत्र भएकाले लागुऔषध ओसारपसार तथा दुव्र्यसनको समस्या बढ्दो क्रममा रहेको जानकारी दिनुभयो। चेतनाको अभावका कारण समाजमा बालविवाह र लागुऔषध दुव्र्यसन फैलिरहेको भन्दै उहाँले यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कलाकार टोलीले प्रस्तुत गरेको जनचेतनामूलक नाटकलाई विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले समाजको यथार्थ चित्रण गरिएको भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

  • १२ जेष्ठ २०८३, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२