१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार
पुष्प खेतीमा अब्बल बिन्दु उपमेयरकी हकदार
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

 

नेपालगंन्ज
बाकेमा पुष्प खेतीको ट्रेन थिएन् । आज भन्दा करिब पाच वर्षपहिले त झन् बँकेमा फूलको व्यवसायिक उत्पादन शून्य नै थियो । फुल खेतीबाट आत्मनिर्भरताको बाटो बन्न सक्छ भन्ने कसैलाइ लागेको थिएन् । औँलामा गन्न सकिने किसानहरु मात्रै पुष्प खेतीमा संलग्न थिए । त्यसैबेला एकजना उद्यमी महिलाले पुष्प खेतीमा हात हालिन् ।
उनले फुल खेती मात्र गरीनन् । फूलको बजारीकरणका लागि नेपालगन्जमै एक फूल बिक्री केन्द्र संचालनमा ल्याइन्, ‘चर्ती फलोरा’ का नाममा । अहिले उनको फूलको उत्पादन र बिक्रीको व्यवसाय नेपालगन्जमा ब्राण्डको रुपमा स्थापित भएको छ ।
बाकेमा फूलको व्यवसायिक सम्भावनको ढोका खुलेपछि अहिले यस व्यवसायतिर आकर्षण बढ्न थालेको छ । यस सम्भावनाको ढोका खोल्ने व्यवसायी हुन्, ‘चर्ती फलोरा’का संचालक एवम् पुष्प व्यवसायी बिन्दु चर्तीमगर ।
जो चर्तीमगर आसन्न वैशाख ३० गते हुने नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनमा राप्रपाबाट उपमेयर पदमा उम्मेदवार बनेकी छन्।

२०७०÷७१ सालमा उनले व्यवसायिक योजनाका लागि बजार अनुसन्धान गरिन् । २०७२ सालमा काठमाडौ गएर आवश्यक सीप सिकिन् । त्यसपछि बुटवलमा पनि तालिम लिने अवसर पाइन् । अनि ढेड लाखको लगानीमा फूल उत्पादन सुरु गरिन् ।
त्यतीखेर पुष्पखेतीका लागि भनेर कुनैपनि कार्यक्रम बाकेमा थिएन । यहाँसम्मकी पृष्पखेतीका लागि सरकारी निकयसंग पनि कुनै योजनानै थिएन ।
नेपालगन्ज–२० स्थित आफनै घरछेउमा ६ कठ्ठा जमिनमा फूल खेती गरेर सुरु गरेकी उनले हाल दुई बिघा जमिनका खेती गरिरहेकी छिन् । बैंकको ऋणसमेत गरेर हाल करिब ६० लाख फूल खेतीमै उनले लगानी गरीन्।
सुरुमा चाउमिन उद्योग समेत चलाएकी बिन्दु संग ब्यबसायको निकै अनुभव छ । उनले फुल ब्यबवसायमा राम्रो अवसर देखेर पुष्प ब्यबसायमा हात हालीकी थिइन् । सुरुमा निकै डराए तर आट अनि मिहिनेत पछि हरेक कुरामा सफलता हात पर्दाै रहेछ ।’ बिगत सम्झदै बिन्दुले भनीन् ,‘तपाइ संग काम गर्ने क्षमता र आत्मबिश्वास भयो भने केहि असम्भव छैन् ।’
हाल उनको चर्ती फलोरा बाकेको एकमात्र फूल बिक्री केन्द्र पनि हो । एक वर्ष अगाडि प्रदेश सरकारले जिल्लाको फूल बिक्री केन्द्रको रुपमा उनलाई स्वीकृत गरेको थियो । केन्द्रबाट उनले बाके जिल्ला बाहिरका पाल्पा, रुपन्देही, दाङ, काठमाडौं र आवश्यक परेको खण्डमा भारतबाट फूल आयात गरी बिक्री गर्ने गर्छिन् ।
‘मेरो पहिलो प्राथमिकता भनेको नेपालकै उत्पादन हो । किनभने नेपालमा उत्पादन भएका सबै फूल अर्गानिक हुन्छन् । भारतका फूललाई म अन्तिम विकल्पका रुपमा मात्र प्रयोग गर्ने गर्छु,’ मगरले भनिन् ।
जसले सबै असम्भवहरुलाइ आफनो योजना अनि भिजनले सार्थक बनाइन् । बिन्दु अहिले पुष्प व्यवसायीको नामले सबै ठाउमा परिचित छन््् ।
‘मलाई सानैदेखि फूलहरु भनेपछि भुतुक्कै हुन्थे । घण्टौ ति फुलहरुलाइ नियाल्थे । त्यसैले नेपालगन्जको बजार हेर्दा फूलको राम्रो बजार गर्न सकिन्छ भन्ने लाग्यो ’भनिन्, ‘थोरै डर अनि धेरै आत्मबिश्वासका साथ पुष्प खेती गर्ने सोचका साथ अगाडि बढे,’
उनि आफु मात्र पुष्प खेती गरेर उद्यमी बनिनन् । गाउ अनि शहरमा बसेका महिला लाइ पुष्पखेतीको तालिम दिएर । आफनो माटो बाट कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरा सिकाइन् । उनको पहलमा अहिले धेरै दिदीबहिनी पुष्प खेती गरीरहेका छन् । उनलाइ देखेर धेरै महिलाले उद्यमी बन्ने आट गरेका छन् ।
महिला लाइ नेतृत्वमा पुरयाउन र आर्थिक सशत्तीकरणका लाििग काम गर्ने उनले अठोट लिएकी छन् । त्यहि सोचले बिन्दु लाइ राजनितीमा डोराएको हो ।
राप्रपाको ईलाका सचिवबाट राजनैतिक यात्रामा प्रवेश गरेकी चर्ती मगर नेपालगन्ज नगरका टोल टोलमा पुगेर मतदाताका आवश्यकता लाइ सुन्ने मात्र होइन् उनिहरुको आवश्यकताको सम्बोद्धन गर्न आफुलाइ तयार पारेकी छन् ।
युवा लाइ महिला लाइ रोजगारीमा कसरी जोडने उनि संग भिजन छ ब्यत्तिको आर्थिक सशत्तीकरण नभएसम्म त्यो परिवारको उत्थान हुन सक्दैन् । ति सबै कुराले एउटा परिवार सहि मानेमा सफल खुशि हिसां रहित परिवार बन्न सक्छ । ’उनले भनिन् , उपमहानगरलाइ खुशि अनि सुखि आर्थिक रुपमा सबल नगर बनाउन् चाहन्छु ’

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech