१० श्रावण २०८३, आईतवार
१० श्रावण २०८३, आईतवार
मदन बाबा भक्ति केन्द्रद्धारा नयाँ वर्षको शुभकामना आदानप्रदान
  • न्युज डेस्क

    ३० चैत्र २०७८, बुधबार

नेपालगंन्ज
मदन बाबा भक्ति केन्द्र बाँकेले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, पत्रकार र समाजसेवीसंग अनौपचारिक कार्यक्रम गरि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै भक्ति केन्द्रद्वारा मायाको चिनो क्यालेण्डर उपहार वितरण गरिएको थियो ।

हाल यस भक्ति केन्द्रले २०७९ सालको क्यालेण्डर प्रकाशन गरि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सद्गुरुदेव श्री मदन बाबाद्वारा सबैमा सुख शान्ति समृद्धि प्राप्तिका लागि कल्याण गर्नुभएको छ ।

श्री मदन बाबा भक्ति केन्द्र टोखा नगरपालिका काठमाडौं मा रजिष्टर भएर नेपालका बिभिन्न जिल्लामा कार्य विस्तारका लागि स्थानीय प्रशासन कार्यालय दर्ता अनुमतिले भक्ति भजन सत्संग उद्दार कार्यक्रम गरि मनुष्यमा भएको रोग दोष बिघ्न बाधाबाट मुक्त गराइ सुख शान्ति र समृद्धि प्राप्ति का लागि सद्गुरुदेव श्री मदन बाबा र उहाँका शिष्यहरुले उद्दार गरिरहनुभएको छ ।

बाँके जिल्ला प्रशासन बाट पनि अनुमति प्राप्त गरि हिन्दु सनातन धर्मको रक्षा गरि सबै मनुष्य लाई सत्कर्म सत्भक्ति सुसंस्कार र सद्बुद्धि प्राप्तिका लागि श्री मदन बाबा भक्ति केन्द्र ले कार्य गर्दै आएकोछ ।

यस भक्ति केन्द्रद्वारा यहि २०७८ चैत्र १५ देखि २० गतेसम्म अछामको श्री बैधनाथ बाबा धाम साँफेबगर मा सद्गुरुदेव श्री मदन बाबाद्वारा लिइएको मुल संकल्पका साथमा उहाँका शिष्यहरुको संकल्प १०८ शिव ज्योतिर्लिङ्ग स्थापना, प्राण प्रतिष्ठा रुद्री अनुष्ठान र ८ औं शिव साधना सम्पन्न भयो । साथै विभिन्न जिल्लामा उद्दार शिविर कार्यक्रम गरेर सद्गुरुदेव श्री मदन बाबाले सबैको कल्याण गर्नुभएको छ ।

२०७८ जेष्ठ महिनामा कोभिड( १९ बाट संक्रमितहरुको सेवामा खटिनुभएका प्रशासन पत्रकार समाजसेवीहरुलाई सुरक्षाका लागि सेनिटाइजर र मास्क वितरण गरि सरकारी निकाय तथा समाजसेवीसंग यस भक्ति केन्द्रद्वारा सहकार्य गरिएको थियो ।

  • ३० चैत्र २०७८, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२