१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार
पिएम कपको उपाधी भारतको हरियाणालाइ
  • न्युज डेस्क

    १४ चैत्र २०७८, सोमबार

(नेपालगन्ज)
आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी भारतको हरियाणा स्पोर्टस् क्लबले हात पारेको छ ।

नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधिका लागि भएको प्रतिस्पर्धामा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हरियाणाले २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । १८–२४ को अवस्थामा लगातार ६ अंक जोड्दै २४–२४ को बराबरीमा ल्याएपनि पुलिसले अग्रता लिन सकेन् ।

दोस्रो सेटमा कडा चुनौती पेश गरेपनि पुलिसले हरियाणालाई २१–२४ ले नतिजामा चित्त बुझायो । तेस्रो सेटमा पुलिसले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हरियाणासंग पराजित हुन परयौ ।

हरियाणाले तेस्रो सेट २५–२३ ले आफना्े पक्षमा पार्दै उपाधी चुम्न सफल बन्यौ। सुरुवातमा पछि परेको हरियाणाले १५–१५ को बराबरीबाट पूनरागमन जित निकाल्न सफल भएको हो ।

लिग चरणमा पनि हरियाणाले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।

त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विभागी त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

यो सँगै आर्मीले डायमन्डलाई लिग चरण र नकआउट चरण दुवैमा पराजित गर्द सफल भयो । तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट स्पाइकर, आर्मीकी शान्तिकुमारी थारु ,सेटरमा हरियाणाकी रुक्साना ,ब्लकर , हरियाणाकी न्यान्सी,
सर्भरमा पुलिसकी कमला पुन ,लिबेरामा पुलिसकै शान्तिकलातामाङ्ग
प्रशिक्षमा पुलिसकै ,रुपेशविष्ट तथा सर्वोत्कृष्ट खेलाडी हरियाणाकी निर्मल घोषीत भइन् ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यस संस्करणमा एपीएफले भने सहभगिता जनाएको छैन् ।

१० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका चार र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो

  • १४ चैत्र २०७८, सोमबार प्रकाशित
  • Nabintech