मो. इम्तियाज राई दारा कार्यालय प्रयोजनका टेबल र कुर्सी सहयोग
(नेपालगंन्ज )
बाकेको जिल्लामा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र बन्दै गएको छ। ‘जय माटो, जय देश, जय हर्कवाद’ भन्ने मूल नाराका साथ जिल्लामा ‘माटोमय’ अभियान सञ्चालन भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासहित ठूलो संख्यामा नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा व्यवसायी शालिकराम परियार र सोही पार्टीका वरिष्ठ नेता फर्जन खान श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको हो। उहाँहरूसंगै विभिन्न तहका नेता तथा कार्यकर्ताहरू पनि पार्टीमा समाहित भएको जनाइएको छ।
बिहिबार नेपालगञ्जमा आयोजित विशेष कार्यक्रममा श्रम संस्कृति पार्टीकी केन्द्रीय सचिव एवं वरिष्ठ नेतृ शान्ति गुरुङ पाख्रिनको प्रमुख आतिथ्यतामा पार्टीको नया कार्यालय उद्घाटन गरिएको थियो। कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेतृ पाख्रिनले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।
फर्जन खान गत स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका–९ को वडाध्यक्ष पदमा उम्मेदवार बन्नुभएको थियो। उहाँ झिनो मतान्तरले पराजित हुनभएको थियो ।पार्टी प्रवेश गरेका वरिष्ठ नेताहरू परियार, खानसहित सम्पूर्ण अगुवा नेता तथा कार्यकर्तालाई श्रम संस्कृति पार्टीले स्वागत गर्दै आगामी राजनीतिक तथा संगठनात्मक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।
नया नेताहरूको प्रवेशसँगै बाँकेमा श्रम संस्कृति पार्टीको संगठन थप बलियो हुने पार्टीको विश्वास छ। पार्टीका केन्द्रीय सदस्य काली मियाँ कश्मीराले बाकेमा श्रम संस्कृति र ‘माटो’ केन्द्रित राजनीतिक अभियानले थप गति लिने बताउनुभयो।
पार्टीका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा संगठन विस्तार, जनसम्पर्क तथा अभियानलाई निरन्तरता दिइनेछ।
श्रम, उत्पादन र स्वाभिमानलाई प्राथमिकतामा राख्दै श्रम संस्कृति पार्टीले लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा संगठन विस्तार र राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ।
यसैक्रममा पार्टीका केन्द्रीय सचिव शान्ति गुरुङले नेपालगञ्जका वरिष्ठ समाजसेवी तथा व्यवसायी एवं नेपाल ज्वेलर्सका सञ्चालक शकील अहमद जसगढ र समाजसेवी हन्नान जसगढसंग विशेष भेटघाट तथा छलफल गर्नुभएको छ।
नेपालगञ्जमा भएको भेटघाटका क्रममा नेता गुरुङ र जसगढद्वयबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, श्रमदाताहरूको हकहित, आर्थिक उत्पादन तथा स्थानीय स्तरमा रोजगारी र उद्यमशीलता प्रवद्र्धनलगायत विषयमा छलफल भएको बताइएको छ।

भेटघाटका क्रममा केन्द्रीय सचिव गुरुङले पार्टीको मार्गदर्शक सिद्धान्त ‘हर्कवाद’ बारे चर्चा गर्दै मुलुकको समृद्धि र आत्मसम्मानका लागि श्रम तथा उत्पादनलाई विकासको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो।
श्रमदाता, व्यवसायी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग सहकार्य र संवाद गर्दै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा पार्टीको संगठनलाई थप मजबुत बनाउने अभियान अघि बढाइएको उहाले बताउनुभयो।
पार्टीका अनुसार स्थानीय श्रमदाता, व्यवसायी, युवा तथा समाजका प्रबुद्ध व्यक्तित्वहरूसँग निरन्तर संवाद गर्दै श्रम, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रका विषयलाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरिएको छ।

भेटघाटमा श्रम संस्कृति पार्टीका सल्लाहकार चाद खँ, राजन रानामगर, श्रम संस्कृति पार्टी बाँकेका उपाध्यक्ष मो. रहिश हल्वाई, बाकेका मो. इम्तियाज राई तथा पार्टीका प्रस्तावित केन्द्रीय सदस्य काली मियाँ कश्मीरासहित नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
भेटघाटको अन्त्यमा सहभागीहरूले ‘जय माटो, जय देश, जय हर्कवाद’ नारासहित श्रम, उत्पादन र माटोप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए।
मो. इम्तियाज राई दारा कार्यालय प्रयोजनका टेबल र कुर्सी सहयोग
श्रम संस्कृति पार्टी बाकेको जिल्ला कार्यालय सञ्चालनका लागि श्रम संस्कृति पार्टी वरिष्ठ श्रमदाता मो. इम्तियाज राईले कार्यालय प्रयोजनका लागि २ सेट अफिस टेबल र कुर्सी सहयोग गर्नुभएको छ।
पार्टीको जिल्ला कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक कार्यालय सामग्री सहयोग गरेकोमा श्रम संस्कृति पार्टी बँकेले वरिष्ठ श्रमदाता राईप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
पार्टीका अनुसार कार्यालय सञ्चालनमा आवश्यक सामग्रीको सहयोगले संगठनात्मक गतिविधि तथा दैनिक प्रशासनिक कार्यलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
पार्टीले कार्यालय व्यवस्थापन तथा संगठन सुदृढीकरणमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोगको अपेक्षा गरेको जनाएको छ।





















