५ भाद्र २०८३, शुक्रबार
५ भाद्र २०८३, शुक्रबार
साना ब्यवसायीको साहारा बन्दै ‘सानु’ ‘
  • न्युज डेस्क

    ६ भाद्र २०८३, शनिबार

पदका लागि मात्र मेरो उम्मेदवारी होइन,समस्यामा परेका ब्यवसायीको आवाज बन्नका लागि उम्मेदवार बनेकी ह।ु’

(नेपालगंन्ज )

नाम जस्तै उनको स्वभाव छ । शान्त पनि सरल पनि । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा महिला उपाध्यक्ष पदमा उम्मेदवार बनेकी व्यवसायी रूपा ओझा ‘सानु’ साना ब्यवसायीको साहारा बन्ने बताएकी छन् । संघमा ठूला व्यवसायीको मात्र नभई साना तथा नयँ व्यवसायीको पनि समान प्रतिनिधित्व हुनुपर्ने ओझाले बताइन्।
भदौ ६ गते हुने निर्वाचनमा उनी चिरञ्जीवी ओली नेतृत्वको संयुक्त प्यानलबाट चुनावी मैदानमा होमीएकी सानुको ब्यवसायी माझ उनको बेग्लै सान छ ।
‘संघ सबै व्यवसायीको साझा संस्था हो,’ उनले भनिन्, ‘साना, ठूला, पुराना र नयाँ सबै व्यवसायीका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने वातावरण बनाउनुपर्छ।’

व्यवसाय सञ्चालनका क्रममा आउने समस्या सम्बन्धित निकायसम्म पु¥याएर समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता छ।
‘व्यवसायीका समस्या सुनेर मात्र पुग्दैन। सम्बन्धित निकायसंग समन्वय गरेर समाधानको पहल गर्नुपर्छ,’ उनले भनिन्, ‘संघले व्यवसायी र सरकारबीच प्रभावकारी पुलको काम गर्नुपर्छ।’

आफनो संकल्प अनि मिहिनेतले ब्यवसायीको पहिचान बनाएकी सानुको यात्रा सजिलो भने थिएन् । धेरै दखं अभाव अनि चोट सहदै उनले यो मकाम हासील गरेकी हुन् । अहिले उनि ब्यवसायी मात्र होइन् । बेरोजगार महिलाहरुका लागि साहारा पनि बनेकी छन् ।
नेपालगन्जको न्युरोडमा ‘प्लानेट फेसन हाउस’ र ‘उग्रतारा मल्टिकलेक्सन’ सञ्चालन गर्दै आएकी ओझा दुई दशकभन्दा लामो समयदेखि व्यवसायमा सक्रिय छिन्।

बुटिक तथा शृंगार व्यवसायबाट आफनो व्यावसायिक यात्रा सुरु गरेकी उनी अहिले रियल स्टेट र कृषि व्यवसायमा समेत आबद्ध छिन्। एसओएस रियल स्टेट र बागेश्वरी एग्रोबिजनेस एन्ड रिसर्च सेन्टर सञ्चालन गर्दै आएकी छन् ्।
‘प्लानेट फेसन हाउस’मा पँच महिलाले प्रत्यक्ष रोजगारी पाएको ओझाले बताइन्। व्यवसायसगै महिला उद्यमशीलता र सामाजिक क्षेत्रमा पनि आफू सक्रिय रहेको उनको भनाइ छ।
ओझा महिला उद्यमी संघ नेपाल बाँकेको साधारण सदस्य हुन्। उनी नेपाली उपभोक्ता संरक्षण महासंघ बाकेको उपाध्यक्ष तथा केन्द्रीय सदस्य, मानव अधिकार संगठन बाँके तथा नेपालकी आजीवन सदस्य र नारी विकास केन्द्र बँकेको आजीवन सदस्य समेत छन् ।
त्यस्तै, लायन्स क्लब अफ नेपालगन्ज युनिटीकी संस्थापक उपाध्यक्ष, क्षयरोग निवारण संघ बाँकेको आजीवन सदस्यलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध छन् ।


शिक्षा मन्त्रालयअन्तर्गत थारुवान मल्टिस्किलमार्फत बँकेमा सञ्चालित कार्यक्रमको संयोजक भएर युवालाई सीपमूलक तालिमसँग जोड्ने कामसमेत गरेको उनले बताइन्।लामो समयदेखि व्यवसायमा सक्रिय रहेकाले उद्योगी–व्यवसायीले भोग्ने समस्या आफूले नजिकबाट बुझेकी छन््।
‘महिला उद्यमीका रूपमा काम गर्दा व्यवसायीका धेरै समस्या प्रत्यक्ष रूपमा भोगेकी र बुझेकी छु,’ उनले भनिन्, ‘सामाजिक क्षेत्रमा काम गरेको अनुभव पनि छ। यी अनुभवलाई संघको माध्यमबाट व्यवसायीको हितमा प्रयोग गर्न चाहन्छु।’ उनले नेपालगन्जमा नयँ उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्ने बताइन्।
‘नेपालगन्ज सम्भावना बोकेको सहर हो। यहा नयँ पुस्ताले पनि व्यवसाय र उद्यमको सपना देख्न सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भनिन्, ‘नया पुस्ता लाइ ब्यवसाय संग जोडने पल बन्ने छु ।’


ओझाले महिला उद्यमीलाई व्यवसायमा टिकाइराख्न सीप, वित्तीय पहुँच, बजार र नेतृत्व विकासमा सहयोग आवश्यक रहेको बताइन्।
महिला व्यवसायीलाई नेतृत्वमा थप अवसर दिने तथा उनीहरूका उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।
उनको समूहले महिला तथा युवा उद्यमशीलता प्रवद्र्धन, स्टार्टअप, सीप विकास, स्वरोजगार तथा रोजगारमूलक तालिमलाई प्राथमिकतामा राखेको छ।
ओझाले आफू निर्वाचित भए संघलाई अझ पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री बनाउन भूमिका खेल्ने बताइन्।

‘पदका लागि मात्र मेरो उम्मेदवारी होइन,’ उनले भनिन्, ‘आवाज बिहिन समस्यामा परेका ब्यवसायीको आवाज बन्नका लागि व्यवसायीको र संघलाई अझ प्रभावकारी बनाउन काम गर्ने उद्देश्यले उम्मेदवार बनेकी ह।ु’

  • ६ भाद्र २०८३, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२