बर्दियामा बहुआयामिक प्रतिभा का धनि सुरेश पन्थ राजनीतिमा प्रवेश भए सँगै चुनावी मैदानमा जनताको सेवा गर्न हाेमीएका छन । नेपाल मा काेराेनाकाे बेला जनताको आँखाका नानी बनेका कृषकहरुलाई र बर्दिया का जनतालाई सेवा दिदै राजनीति सँगै कृषि कर्म सँगै जनताको लागि भन्दै राजनीतिक गर्न‘झोला बोकेर’ नेता र जनताको आवाज बनेका छन्। उनी कहिले काँही कृषि कर्म सँगै फुर्सदमा आय–आर्जनका काम गरेर आन्मनिर्भर पनि बन्न सक्नुपर्छ भन्ने ल क उदाहरणीय पात्र हुन्। पछिल्लो समय राजनीतिसँगै आय–आर्जनका काममा संलग्न पनि भेटिन्छन् । त्यस्तै व्यक्तिमध्ये बर्दिया जिल्लाको मधुवन–४ का एक युवा सुरेश पन्थ एक हुन् ।
जिल्लामा व्यावसायिक रूपमा कृषि कर्म गर्ने व्यक्तिका रूपमा उनको परिचय बनेको छ । उनलाई ‘नेता’ भन्दा कृषकका रूपमा चिन्ने धेरै छन् । २०७९ सालमा तत्कालीन एकीकृत माओवादीबाट बर्दिया–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । त्यसयता जिल्लाका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा व्यस्त छन् ।
गुलरिया नगरपालिका–३ मा उनको समावेशी कृषि फर्म प्रालि रहेको छ । उक्त फर्ममा प्राकृतिक तरिकाले माछा पालनका साथै बाह्रैमास फल्ने सुन कागती खेती गरिएको छ । यसबाहेक तरकारी बालीको जात संरक्षण र अनुसन्धानका लागि थारु आलु र रैथाने लसुन खेती गरेका छन् । फर्म कृषकका लागि अध्ययन केन्द्र बनेको छ । राँगा पालनका लागि निर्माणधीन अत्याधुनिक संरचना अन्तिम चरणमा पुगेका छन् । उर्वर जमिन, सिँचाइ सुविधा रहेको र स्थानयि बासिन्दा भएकाले जिल्ला रोजेर कृषिमा होमिएको उनले बताए । उनले अहिले जनताको मनोभावना बुझेर आफ्नो पार्टीको नेपाली कम्यूनिष्ट पार्टी काे तर्फबाट बर्दिया निवार्चन २बाट उम्मेदवार बनेका कृषकहरुकाे सँगै भाेट माग्दै हिडिरहेको छन् उनले अहिले भन्दै छन जनताले विश्वास गरेर मलाई भाेट दिने छन भन्ने विश्वास गरेका छन्।











