६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार
प्याब्सन डे भव्यताका साथ मनाउने
  • न्युज डेस्क

    २३ पुष २०८२, बुधबार

नेपालगञ्ज ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति बाँकेले आफ्नो ३५औँ स्थापना दिवस अर्थात् प्याब्सन डे भव्यताका साथ मनाउने भएको छ।
प्याब्सन बाँकेले भोलि बिहीबार बिहान ११ बजे नेपालगन्ज रंगशालामा आयोजना हुने विशेष समारोहका बीच १२ विधामा सम्मान गर्दै स्थापना दिवस मनाउन लागेको हो।
१०६ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्न लागिएको हो।
यसबारे आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, विद्यार्थी तथा शिक्षकलाई उत्प्रेरित गर्न र समाजमा सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। सोही योगदानको कदरस्वरूप विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्न लागिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार कला–संस्कृति, मानव बेचबिखन नियन्त्रण, खेलकुद, पत्रकारिता लगायत विभिन्न क्षेत्रमार्फत सामाजिक कार्यमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।साथै प्रत्येक विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई पनि सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रम अघि बिपी चोकदेखी कार्यक्रम स्थल रंगशालासम्म प्रभातफेरी निकाल्ने कार्यक्रम तय भएको छ । 
हाल बाँके जिल्लामा १०६ वटा विद्यालय प्याब्सन बाँकेमा आबद्ध रहेका छन् भने तीमध्ये ५४ वटा विद्यालय नेपालगन्ज उपमहानगरपालिकामा आबद्ध रहेका छन्।

बाँकेका छ पालिकामा अहिले प्याब्सन प्याप्सनको समिति रहेको छ l राप्ती सोनारी र नरेनापुरमा भने प्याब्सन प्याप्सनको समिति छैन।

  • २३ पुष २०८२, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२