बर्दिया।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ स्थित सिमारमा रहेको आशिष चर्चले क्रिसमस डे विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।

कार्यक्रममा बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, पास्टर श्रीमती सोनु बराइली, वडा नं. ३ का अध्यक्ष ललन अहिर, गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बी.के., विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, धर्मगुरु तथा स्थानीय बासिन्दासहित करिब ३०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा आशिष चर्चका १०५ वर्षका ज्येष्ठ सदस्य अमृत बी.के. सहित पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो कपडा प्रदान गरिएको थियो। साथै, ३० जना विद्यार्थीलाई कापी तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो।

त्यसैगरी, भोलागौडीका समाजसेवी सहयोगदाता रामबहादुर बोहराले विद्यार्थीहरूलाई तीन दर्जन कापी र कलम सहयोग प्रदान गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले धार्मिक सहिष्णुता, सामाजिक एकता तथा मानवीय सेवाको सन्देश प्रवाह भएको बताएका छन्।











