२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार
१६ घन्टा काम गरी पेटको जोहो गर्दै महिला
  • रितु थारु

    ५ पुष २०८२, शनिबार

गुलरिया बर्दिया पुस ५ (मेरो उडान सामाचारदाता)
एका विहानै हुस्सुमा सुस्कुराउदै थुर थुर कामदै पुस महिनाको हुसु र कुहिरोमा हातमा भातको पोके बोेकेर ख्याक र खुक्क गर्दै तिरलिड साइकलको घन्टी वजाउदै गंगा थारु निस्कन छिन् , घाम, जाडो र ठन्डी बिचमा ठगी बीच ५ सयको ज्याला बारबर्दिया नगरपालीका वडा नम्वर ११ की गंगा थारु श्रमक काम गछिन्। सोझा इमादार लाटी थारुहरु खुसी खुसीको साथ यो त मेरो काम हो भन्दै दैनीक जिवन गुजाराको लागी काम खुसी हुन्छिन्।
गंगा मात्रै हैन बारबर्दिया वडा नम्वर ४ निवासी ३२ निर्मला थारु बिहान ५ बजे उठेर आफ्नो घरको काम सकाउँछिन उनी विहानै पाँच वजे देखि साँझको १० वजे सम्म होटलमा भाडा कुडा माज्ने काम सरसफाईको काम गरीछिन् साझ १० वजे सम्म १६ घन्टा काम गरछिन् उनी गर्भवती महिला समेत हुन् । त्यसैतै एक पात्र हुन कान्त चौधरी इँटा–ढुंगा गिटी बोक्न निस्कन्छिन । चर्र्को घाम, बढ्दो जाडो,पुसको जाडोको सानो दुई वर्षीया वालीकालाई लिएर काखी च्यापेर उनी काममा हिड्छिन् र समान काममा असमान ज्यालाबीच उनीजस्ता अनौपचारिक क्षेत्रका महिला श्रमिकहरू सबैभन्दा ठूलो मार खेपिरहेका छन् । तर उनीहरूको पीडा न त कानुनमा देखिन्छ, न त सरकारी योजनामा ।
कान्त चौधरी
मलाई त थाहै थिएन, १४ ,१६ घन्टा काम गर्दा ओभर टाइम जान्छ भनेर, बारबर्दिया नगरपालीका ११ की कान्ता चौधरी भन्छिन ।
१५ वर्षको उमेरमै विवाह भएर श्रमिक जीवनमा होमिएकी कान्ता अहिले १३ वर्षभन्दा बढी समयदेखि निर्माण, बाटो र घर बनाउने काम गर्दै आएकी छन् । उनको श्रीमान भने मजदुरी गर्छन ।
कान्ता ज्यालादारी श्रमिक हुन । जे काम पायो, त्यही गर्छु,ु उनी भन्छिन । तर अहिले उनी गाँउवाट सहर सदरमुकाम गुलरियामा विकास निर्माणको काममा आइकी छिन् काम घट्दो छ । पहिला काम हुन्थ्यो, अहिले काम नै छैन । त्यसैले उनले आफनो र छोरीको जोहो गर्न निकै गाह्रो भयो र उनी अहिले एक होटलमा काम गछिन् ।उनलाई काम नहुँदा घर धान्न गाह्रो हुन्छ। काम पायो भने महिलाले आफैं कमाएर खान सक्छन, तर काम नै नपाउँदा समस्या हुन्छ, उनी भन्छिन । अहिले त सानो वच्चा लिएर होटलमा १४ देखी १६ घन्टा काम गछु।
श्रमको थपीएको जोखिम
कान्ताका लागि ठुलो दैनिकीको पीडा हो खानाको जोहो
उनले कोठामा भाडामा वसेर जेठमा चर्र्को घाममा काम गर्नुपर्छ, जाडोमा हुस्सु र चिसोले बिहान निस्कनै गाह्रो हुन्छ, उनी भन्छिन । पानी परेमा निर्माण काम ठप्प हुन्छ। पानी र्पयो भने लेबरको काम हुँदैन, त्यसैले धेरै समय त नेपालगन्ज सहरमा काम गरे त्यहाँ धेरै गर्मी थियो त्यसैले बर्दियाको सदरमुकाम गुलरिया आएको सडकको काम गर्न गाह्रो भएपछि होटलमा काम गर्छु उनीले भनीन् ।
ज्यालामा ठगीपछि चेतना
आषीका थारु पहिले गुलरिया नगरपालिकाको फोहर व्यवस्थापन प्रशोधन केन्द्रमा काम गरर्थिन उनीले १२ देखी १४ घन्टा काम गर्दा होस चाहे १० देखी १२ घन्टाक केही वर्षअघि २० दिन काम गरेर पनि ज्याला नपाएको पीडा भोगेकी छन् । ठेकेदार भागिसक्यो भनियो,उनी सम्झिन्छिन् । त्यसपछि उनले नगरपालिकाको न्यायिक समितिमा उजुरी हालिन् ।
२०८० सालतिर श्रमिक अधिकारबारे थाहा पाएपछि उनी बोल्न थालिन । त्यतिबेला हामी कति ठगीमा परेका रहेछौं भन्ने महसुस भयो, उनी भन्छिन । त्यसपछि ३० जना महिलाको समूह बनाएर याली, मागपत्र र दबाब अभियान चलाइयो ।
५ सयको ज्याला, त्यो पनि असमान १
आठ घन्टा काम गर्दा अहिले सरकारी काममा मात्र ७ सय रुपैयाँ ज्याला पाइन्छ । तर व्यक्तिको घर बनाउँदा भने पाइँदैन ।निजी घर बनाउँदा यो पनि पाइँदैन आषीका थारु भन्छिन् ।
जिल्लाले तोकेको न्यूनतम ज्याला ७ रुपैयाँ भए पनि त्यो पूरा दिइँदैन । बचेको पैसा त श्रमदान जस्तै हुन्छ, उनी गुनासो गर्छिन् ।
समान काम गर्दा पनि पुरुषले ८ सयदेखि हजार रुपैयाँ पाउँछन । महिलाले ५ देखी ६सय सय मै काम गनुपर्छ आषीका थारु पुरुषहरु आफूलाई ठूलो ठान्छन् ।
काममा पुरुषको तुलनामा महिलालाई समस्या छ । निर्माण काम महिलाका लागि झन गाह्रो हुने उनी बताउँछिन ।महिनावारी हुँदा पेट दुख्छ, गर्भवती हुदाँ ढुंगा बोक्न गाह्रो हुन्छ, तर धेरैलाई यसबारे भन्न लजाउँछन उनी भन्छिन् । महिला आफूलाई परेको समस्या भन्न लजाएरै महिला पछि परेको उनको बुझाई छ ।
१० किलोभन्दा बढी तौलका ढुंगा २–३ तला माथि र्पुयाउनु उनीहरूको बाध्यता हो । तर काममा छुट्टै आराम वा सहुलियत छैन् । अन्य सुविधा कल्पना पनि गर्न सक्दैनन् उनीहरु ।

तर यस विरुद्ध उनीहरु बोल्न थालेका छन् । महिला श्रमिक संगठित भएका छन् । उनीहरुको यही संगठनले बोल्नलाई आवाज दिएको छ । अहिले आशीका थारु पनि मजदुर सगठनको श्रमिक समूह की अध्यक्ष हुन पहिला समस्या हुँदा कोही छैन जस्तो लाग्थ्यो, अहिले वडामा गएर भन्न सक्छौं, उनी भन्छिन । समूहले अनौपचारिक क्षेत्रका महिला श्रमिकलाई हकअधिकारबारे जानकारी दिने काम गरिरहेको छ।
सरकार कहाँ छ ?
आषीका अनुसार पालिकाबाट कुनै श्रम ,तालिम, सीप विकास वा जलवायु अनुकूलन सहयोग छैन् । अनौपचारिक क्षेत्रका श्रमिक कति छन् भन्ने तथ्यांक नै छैन,उनी भन्छिन् । अझ प्राकृतिक विपत्तिमा पनि महिलाले नै बढी दुःख पाउने उनको अनुभव ।
श्रमिकको माग सम्वन्धमा
आषीका कथा श्रमको माग हो सबैभन्दा कम जिम्मेवार वर्ग(अनौपचारिक क्षेत्रका महिला श्रमिक(सबैभन्दा बढी प्रभावित छन् । काम रोकिने, स्वास्थ्य जोखिम बढ्ने, ज्यालामा असमानता र सामाजिक सुरक्षा नहुनु उनीहरूको साझा यथार्थ हो ।
अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुले सरोकारवाला निकायहरुसँग सुरक्षित कार्यस्थलको सुनिश्चितता हुनुपर्ने आफ्नो माग रहेको आषिका बताउँछिन । उनीहरुले आफ्नो माग सात बुँदामा समेटेका छन् ।
जसमा श्रमिकहरुलाई स्थानीय तहमा सूचीकृत गर्ने व्यवस्था संघीय श्रम ऐनमा गरि ऐनअनुसारको न्यूनतम र न्यायपूर्ण ज्याला सुनिश्चित गर्न, कामको सिलसिलामा घाइते हुँदा धेरै दिन काम गुमाउन बाध्य भएकाले दुर्घटना तथा स्वास्थ्य बिमाको सुनिश्चितता हुनुपर्ने उल्लेख छ ।
उनी पुर्व जनमुक्ती सेनाको घाइते सेना पनी हुन् उनी भन्छिन पढाई नएकै कारण धेरै दुख पाइयो धेरै ठाँउमा काम गरेर ठगीदै म अहिले सानो तिनो काम पाएको छु तर मेरो शरीरमा गोली लागेको छ उपचार गराइ रहन पर्छन् औषधी सेवन गरेर काममा जान्छु तर कोही कोही म जस्तै पुर्व जनमुक्ती सेनाका महिला साथीहरु काम गर्न समेत सक्नु हुदैन् उनी भन्छिन्
प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल जिल्लाको श्रमीकहरु ज्याला दर तोकीएको बताउँछन् । दोस्रो राष्ट्रिय सम्मेलनले निष्कर्ष स्वरुप अनौपचारिक श्रमिकहरुको अधिकार र न्याय सुनिश्चितताका लागि काठमाडौं माग पत्र(२०८२ जारी गरेको हो ।
जुन यी मागहरु अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले केन्द्र तथा स्थानिय सरकारसँग बुझाएका पनि छन् ।
तर पहिलो सम्मेलन र दोस्रो सम्मेलनबाट आएका मागहरु अहिलेसम्म पूरा नभएको उनी गुनासो गर्छिन । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुले भोगिरहेका शोषण तथा अन्यायको अनुगमन गर्न स्थानीय सरकारले नियमित अनुगमन गर्न र यसलाई ऐनमा व्यवस्था गर्न माग गरेका छन् ।
तर स्थानीय सरकारले यी कुरामा जहिल्यै वेवास्ता गर्दै आईरहेको आशीकाको गुनासो छ ।
नेपालको संविधान, २०७२, श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ ले श्रमिकलाई मर्यादित काम र अधिकार दिए पनि यसको व्यवहारमा लागू नभएको उनीहरुको गुनासो छ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु अझैं पहिचान विहीन, असुरक्षित र शोषणमा परेकाले यसको सम्बोधन हुनुपर्ने उनीहरुको भनाई छ । अनुगमन गर्ने सरकारी निकायले समेत जिल्लाको तोकीएको ज्यालादर समेत बाँकेर कैलाली जिल्लाको तुलनामा बर्दिया न्युन छ त्यसैमाथी अनुगमन नगरेको पाइन्छ ज्याला दर समेत नवधाएको पाइएको छ सरकारी निकाय नै न्युन ज्याला दिएर काम गराइरहेको छन् । यसको लागी मानवअधिकार कर्मीले समेत मानीसले पाउने रोजगारीको समान कामको समान ज्याला बारेमा आएलो माहासन्धी कार्यान्वण को बारेमा आवाज नउठाएको पाइन्छ ।

  • ५ पुष २०८२, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२