१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार
नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ः पुर्वप्रधानमन्त्री नेपाल
  • न्युज डेस्क

    २५ मंसिर २०८२, बिहीबार

(नेपालगंज )

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार प्रतिगामीहरू दोष मात्र देख्ने तर जिम्मेवार नभएका कारण जनतामा निराशा र आक्रोश भएको बताएका छन् । तर नेपालले जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने तर्क राखे ।
‘समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई देश र जनताको चिन्ता छ ।’उनले भने, ‘नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।’

नेपालगन्जको त्रिभुवनचोकमा भएको सभालाई सम्बोधन गर्ने क्रममा नेता नेपाल पुराना दिन सम्झेर भावुक बने। भाषणकै बिचमा एकछिन बोल्न नसकेका उनले द्वन्द्वकालमा सुरक्षा निकायको आँखा छल्दै नेपालगन्ज हुँदै भारतको लखनउमा पुगेर प्रचण्डलाई भेटेको स्मरण गराए। नेपालले भने, झत्यही भेटपछि गिरिजा, प्रचण्ड र मैले नेपाली राजनीतिको कोर्स नै चेन्ज गरिदियौ।
नेपालगन्जलाई आmनै गृहजिल्लाजस्तो लाग्ने बताएका नेपालले पुराना नेता सबै खराव नरहेको बताए। उनले नयाँ मात्रै भनेर नहुने र नयँ र पुराना भन्नु भन्दा पनि चरित्र, विचार र व्यवहारको आधारमा मूल्यांकन हुनु पर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टी बाँकेले बिहिवार नेपालगन्जमा एकता सन्देश सभा सभाको सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले त्रिभुवन चौकमा आयोजना गरिएको एकता सन्देश सभा लाइ सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
‘१६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी चम्किलो तारा झै चम्किरहेको छ। हामी कसैलाई दोषारोपण गर्नुभन्दा जनताको माझ आएका छौं। जनता नै अदालत हुन्। जनताले नै सही र गलतको फैसला गर्नेछन्।’

केन्द्रीय नेता शक्तिबहादुर बस्नेतले समाजवादी एक भएर नै एकता भएको बताउदै यो एकता अब बिभाजन नहुने बताए ।
उनले यो पार्टी एकता मात्र नभएर समग्रमा मुलुकलाई एकतामा बढाउने एकता भएको सुनाए ।
‘मुलुकलाई आन्तरिक दण्डबाट बचाउन एकले अर्कालाई गाली गरेर देश बन्दैन अब प्रदेश ,प्रदेशमा एकताको सन्देश घरघरमा पु¥याउछौं। ’उनले भने,‘ देश बनाउन देशलाइ माया गर्नुपर्छ ।१६ पार्टी गणित मात्र होइन समाजवादी क्रान्तिको प्रतिनिधित्व गर्छ। प्रतिबद्धता, खबरदारी गर्दछ ।’

नरेन्द्रपाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कर्णजित बुढा , केन्द्रीय सदस्य अन्जना चौधरी केन्द्रीय सदस्य अब्दुल हुसेन वडा अध्यक्ष याकुब अन्सारी लगाएतले बोलेका थिए ।

  • २५ मंसिर २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२