२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार
जलवायु परिवर्तन काे कारण बाघ र मानव बिच द्वन्द्व

बर्दिया मा बाघले ७वर्षिया बालिका लाई आक्रमण गर्दा साईरा चौधरी काे मृत्यु

  • मेनका चौधरी

    १६ कार्तिक २०८२, आईतवार

जलबायु परिवर्तनले गर्दा पाटेबाघ र मानव बिच द्वन्द्वका घट्ना वढे सँगै बाघ बढे
मेनका चौधरी,
बर्दिया कार्तिक, १६गते
लामो समय सम्म खडेरीहरु पर्नु सुख्खा हुुने पानीको स्रोतहरु सुक्दा पानी खोज्न जादाँ बर्दियामा बाघ र मानव बीच द्धन्द्ध का घटना वढेको छ ।
स्थानीय तहले कर्णाली नदीबाट जथाभावी ढुँगाा गिटि र वालुवाको उत्खनन गर्दाँ बर्दिया राष्ट्रि«««य निकुञ्जका वन्यजन्तु दक्षिण पश्चिम तर्फ स्थानान्तरण भएका छन् ।
जसले गर्दा मानव र वन्यजन्तु बिच द्धन्द्धका घटना यस क्षेत्रमा वढी भएका छन् कर्णाली नदी को पश्चिम तर्फ पर्ने कैलाली जिल्लाका लम्मकी चुहा नगरपालीकाले जथाभावी ढुगाँ गिटि उत्खनन् गर्दा बर्दिया राष्ट्रिय निकुञ्ज भएर पुर्व तर्फ आउने गेरुवा कर्णाँलीको भंगालोमा पानी कमी भएपछि निकुञ्जका वन्यजन्तु पानीको खोजिमा स्थानन्तरमा भएका हुन् ।
ढुगाँ गिटि निकल्दा दक्षिण पश्चिमको भंगालो गहिरिएपछि निकुञ्ज तर्फ उचाई हुँदा पानी आउन छाडेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार बाघ गैडा लगायतका वन्यजन्तु दक्षिण तर्फ सरेका छन् । केही वर्षमा भएका मानव वन्यजन्तु बीच (सन २०१०देखी २०२४) सम्ममा निकुञ्जमा र सामुदायीक वन भित्र मात्र बाघ र मानव बिच जम्मा ९१ घटना भएको छ ।
जसमा बर्दिया राष्ट्रिय निकुञ्जमा ३३मानिसको मृत्यु भएको छ भने १७ घाइते भएका छन् । यो तथ्याँक सन् २०१० देखी २०२४ सम्मको हो । घटना दक्षिण पुर्व तर्फ सामुदायीक वन राष्ट्रिय वनमा तिन वर्षमा पुर्वको क्षेत्रमा घटना वढेका भएका छन् । घटना आव २०८०। २०८१ देखी २०८२।२०८३ तिन वर्षको डिभिजन वन कार्यालयको तँथ्याक अनुसार ४१ घटना मध्ये १३ जना मान्छेको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
आव २०८। २०८१ मा बाघको आक्रमण परि ५को मृत्यु ७ जना घाइते भएका छन् ।
आव २०८१ ।२०८२मा बाघको आक्रमणमा परि ६जनाको मृत्यु र १५ घाइते भएका छन् । आव २०८२।२०८३मा वाघको आक्रमणमा परि २ जना मृत्यु ६ जनाको मृत्यु भएको छ । े डिभिजन भन कार्यालयको तथ्याँक हो ।
बाघ बाट वन्यजन्तु प्रभावीत गुलरिया नगरपालीका वडा नम्वर ५का सनम चौधरीको छोरी ७ वर्ष को साइरा चौधरीको गत जेठ १४ गते विहानै बाघको आक्रमणको कारण मृत्यु भएको छ । बबई नदीको किनारमा सो छोरी वालीकालाई बाघले आक्रमण गरेको चौधरीले बताउनु हुन्छ ।
पाटे वाघ र चितुवा बाघको आतंक छ पहिले पनि बाघ थिए तर अहिले पानी को समस्याले बाघहरु जंगलवाट तिर्खाैको बाघ वाहिर पीडीत चौधरी निस्कीएको बताउनुहुन्छ । बाघको संख्या नै वृिद्ध भएको कारण बाघ वाटो वाट दिनदाहदै ओहार दोर गरिरहेको चौधरी बताउनु हुन्छ । उहाँको अनुसार मेरो छोरीलाई वाघले आक्रमण गर्दा अहिले गाँउ नै त्रास छ । अहिले नि बाघहरु दिन डाडाहै हिडेका हुन्छन ।
स्थानीय जनतालाई सर्तक गर्न डिभिजन वन कार्यालय बर्दियाले साएरन बजाउनको लागी साईरन राखीदिएको छ ।
हामीले पुलिसको साहेतले जनतालाई सचेत गराउन साइरन वजाउने गरीरहेको छौ उहाँँ भन्नुहुन्छ ।
वारबर्दिया नगरपालीका वडा नम्वर १० दफैयाको जुना चौधरी धान काट्न खेतमा गएको वेलामा बाघले दिउसै आक्रमण गर्दा घाइते हुनुभएको छ । उहाँको गाँउमा स्थानीयहरु बाघहरु धेरै देखीएपछि सामुदायीक वनको झारी सफाई गरेको वडा नम्वर १०का वडा अध्यक्ष रणवहादुर चौधरीले बताउनु भयो ।
उक्त आस पासमा रहेको बाघले धेरै मान्छेलाई आक्रमण गर्न थालेपछि त्यसआसपासका तिनवटा वाघलाई बाँकेमा थुनामा राखेको डिभिजन वन कार्यालयका प्रमुख विजय राज सुवेदीले बताउनु भयो ।

आव २०८। २०८१ मा बाघको आक्रमण परि ५को मृत्यु ७ जना घाइते भएका छन् । आव २०८१ ।२०८२मा बाघको आक्रमणमा परि ६जनाको मृत्यु र १५ घाइते भएका छन् ।
आव २०८२।२०८३मा वाघको आक्रमणमा परि २ जनाको मृत्यु ६ घाइते २ जना भएको छन् । यो डिभिजन भन कार्यालयको मात्र तथ्याँक हो । प्राकृतिक प्रकोपको कारण तिन वर्षको अवधिमा बाघ छावाहरुको वच्चाहरुको बाढीको कारण ३ वटाको मृत्यु भएको छ १ हात्ती र १ गैडाको वच्चा मृत्यु भएको छ ।
पछिल्लो समयमा कर्णँाली नदीको पानीको मुहान पश्चिम तर्फ र्फकीनुको कारण बाघको प्रमुख बासस्थान पानीमा समस्या आएको मानिएको छ बर्दिया राष्ट्रिय निकुञ्जबाट पश्चिम बाट सरेको छ । प्राकृतिक कारण बाढी बाघको छावाहरु पौडीखेल्न नसक्दा ३ वटा को मृत्यु भएको छ ।
तिन वर्ष मा अवधिमा बाघको आक्रमण परि बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको लागी आवश्यक घाँसेमैदान नभएको हो वा अन्य कारणले अध्ययन नगरीएको यो बारे भन्न सकिन्न २०७४को बाढीमा बाघ भारत को कतर्निया घाट तर्फ वगेर पुगेको छन् ।
मधुवन नगरपालीकाका नगर प्रवक्ता मेघ बहादुर गुरुङ्घका अनुसार खाता कोरीदोर एरीयामा बाघ धेरै भएपछि मधुवन नगरपालीकामा मानव वन्यजन्तु बिच धेरै द्धन्द्धका घटना भएपछि नगरपालीकामा मानव र बाघ विचको द्धन्द्ध न्युनीकरणका लागी साइरन वजनाउने, जनचेतनाको तालीमहरु दिने, वन्यजन्तु पिडीतहरुलाई राहत कोष निमार्ण राहत वितरण गर्ने, जैवीक तटवन्ध गरीरहेको, घाँसको विउ वितरण गरीरहेको, सामुदायीक वनहरुमा तराजाली निमार्ण गरीरहेको बताउनु भयो ।

वन्यजन्तु विज्ञ बाघको विषयमा विद्या वारि गरिएका बाबुराम लामिछाने भन्नुभयो । चोरी शिकारी विषादी प्रयोग तथा रोगको प्रकोप वाहेक अन्य कारण मृत्यु भए पनि अतानि नपर्ने बताउनुभयो ।
बाघको मृत्यु चोरी सिकारी रोग व्याधी विषादीको प्रकोपले भएको देखिन्न त्यसैले आतीनु हात्लुपर्ने आवस्था होइन उहाँँले भन्नु हुन्छ यो जलवायु परिवर्तनका कारण वन्यजन्तु जोखीममा छन् भने सन्देश चाही हो ।
यसले बाघ संरक्षणमा नयाँ चुनाँैती थपेको छ । वन्यजन्तु विज्ञहरु बाघको लागी नदी किनार तटीय क्षेत्र प्रमुख रोजाई हुने बताउनु हुन्छ ।
पानीको स्रोत खोज्न गएको बेलामा जंगलमा भएका पोखरी ताल तलैयामा पानी नपाउँदा पानी खोज्न जाँदा बाघ र मानव बिच द्धन्द्ध भएको वन्यजन्तु विज्ञ लामिछाने बताउनु हुन्छ ।जंगलमा मानीसहरु घाँस काट्न ,च्याउ टिप्पन, पाट टिप्पन जादाँ निकुञ्जमा सामुहीक रुपमा मात्र जानु पर्छ दिउसोको समयमा मात्र जानुपर्छ झारी तर्फ प्रवेश गर्न जानु हुदैन् ।
बाघको आनीवानी थाहाँँ पाउनु पर्छ । लामो समय सम्म घडेरीहरु पर्ने सुख्खा हुने पानीको स्रोतहरु सुक्दा पानी खोज्न जादाँ बाघ र मानव विच द्धन्द्ध भएको देखीन्छ यसको वारेमा थप अध्ययन गर्नुपर्ने छ विज्ञ लामिछानेको भनाई छ ।
बाघको आहारमा घाँसे मैदानको र पानीको व्यवास्थापन गर्न जरुरी रहेको उहाँ बताउनु हुन्छ । त्यसैगरी मानवको सुरक्षाको लागी तारजाली लगाउनु पर्ने साइरन हरु राख्नुपर्ने विज्ञको भनाई छ ।
सन २०२२ मा बाघको संख्या सार्वजनीक गरिएको तत्थ्याँक अनुसार बर्दियामा पाटेबाघ मात्र १२५ रहेका छन । निुकञ्ज कार्यालयका सुचना अधिकारी सरोज मनी पौडेलले भन्नुभयो । बाघको मेन बासस्थान अहिले पुर्व तर्फ दक्षिण तर्फ छ उहाँले भन्नु हुन्छ घाँसे मैदान नभएर होइन अन्य कारण पनि छ अध्ययन नगरी यस बारे भन्न सकिन् ।
खाता संरक्षण क्षेत्रमा खाता सामुदायीक वनमा मात्र क्यामरा त्राफिङ्घमा यस वर्ष ३०वटा बाघ देखिएका छन् । जंगलमा हो हल्ला भएको कारण जंगलमा वस्तीहरु र वाटोघाटो भएको कारण बास स्थानमा खल्ल भयो त्यसैले मानव वन्यजन्तु विच द्धन्द्ध भएको हो ।
संघियता लागु भएपछि प्रदेश र स्थानीय सरकारले नदी नालाबाट ढुङ्गा गिट्टी बालुवा उत्खनन गरी निकासी गर्दा भौतिक पूर्वाधारका संरचना निर्माण गर्दा बाटो घाटो निमार्ण गर्दा नदीको बहाव अन्तै मोरेर बगेका कारण पानीको मुहानहरु सुक्न थालेपछि बाघहरु जंगलमा पानी नपाउँदा बाहिर निस्कीरहेको सुचना अधिकारी पौडेलको भनाई छ ।
जलबायु परिवर्तनले पानीहरु समयमा नपर्दा कहिले सुख्खा हुने त कहिले धेरै पानी पर्ने बाढी आउने गरेको छ यस वर्ष गेरुवा कर्णाली र बबई नदीमा पानीको सतह ह्वात्तै घटेको छ अहिले पनि को सतह सुक्न लागेको छ । पहिले पानी पर्दा साउन र भदौको झरी लाग्ने माघको झरी लाग्ने हुन्थ्यो अहिले झरि नै नपरे पछि पानी नपरेपछि पानीले जमिनको माटोमा फोका नपरेको पौडेलले बताउनुहुन्छ।
हिमालमा हिउँ नै कम परेपछि कर्णाली नदीको पानी को सतह घटेको छ । खण्ड दृष्टि अति दृष्टिको कारण हुने नदिहरु मा पानी कम हुदाँ नदीको बहाब अन्तै मोरिदा जंगल मा भएका स साना खोला ताल तलैया पोखरी सुकेपछि जंगल बाट जनावर पानीको स्रोत खोज्न बाहिर निस्कीरहेको छन् । पहिले होहल्ला हुन्थीएन बस्ती कम हुन्थे सडकहरू थिएन यातायातहरुका ध्वनि हुन्थिएन जनसंख्या कम थियो मानिसहरूको हो हल्ला कम हुदाँ बाघको संख्या कम रहेको बेला बाघ ४०देखी ५०किलोमिटर को कोरीडोर एरीमा एक बाघ बस्थे गर्थे।
अहिले ५देखि १०किलोमिटरमा बाघहररुको बास स्थान हुने गरेको बर्दिया राष्ट्रिय पौडेलले बताउनुभयो।
उहाँको अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज मा १५० वटा पोखरी बाघ र वन्यजन्तुहरुको लागि निकुञ्जले निकुञ्ज भित्र निर्माण गरेको छ तर वातावरणीय असरले गर्दा पानी सुक्ने हुन्छ मिचाहा प्रजाति घाँस वनमारा घाँस तितो पातिहरु छन् ।
ताल तलैया पोखरी सुकेपछि जंगल जनावर हरु आहल बस्न नपाउने भएपछि पानी खान बाहिर निस्कने समयमा पानी नपाउँदा टाढा टाढा पानी खान जादाँ बाघ वन्यजन्तुहरुले मानव माथि आक्रमण गर्दा मानवहरु घाइते हुनेभएका छन् मृत्यु समेत भैरहेको छ।
जंगलमा रहेको बिरामी बाघ वा कमजोर भएको बाघ या बुढो बाघ या रोगी बाघ या सुत्केरी भएको बाघले टाढा टाढा आहारा गर्न नसक्नेले टाढा टाढा पानी खान जान नसक्ने बाघ जंगल बाट बाहिर निस्कीरहेको बेला मानव र वन्यजन्तुहरुको बिच द्वन्द्व भएको छ । नेपालमा हिमाल पहाड तराईले गर्दा सडक निर्माण गर्दा पानी को मुहान थुनिँदा सडक बाटो घाटो, भौतिक पूर्वाधारका संरचना निर्माण गर्दा विश्वको देशहरुले बनाएको जस्तो वन्यजन्तु मैत्री पुर्वधार निमार्ण नभएको कारण पनि रहेको सुचना अधिकारी पौडेलले बताउनुभयो।
कोकोमा महासन्धिले नेपाल लाई सहयोग गर्ने सन्धि सम्झौता गरेता पनि सहयोग गरेको छैन् । चिन भारत अमेरिका, बेलायत लगायतका ठुला देशले नेपालमा वातावरणमा पारेको असरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अर्र्को तर्फ ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्दा निकासी गर्दा नदी नाला को प्राकृतिक रूपमा परिवर्तन हुँदा नदी नाला नै अन्तै बगेको कारण पानीको मुहानहरु सुक्ने स्थानीय तहले बाटो घाटो बनाउदा वन्यजन्तु मैत्री नबनाउने कारण ले ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्दा सुदुर प्रदेश र स्थानीय तह हरु सँग झगडा हरु भैरहेको सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो।
हिमालमा हिउ पर्नु को सातो पानी हरु परेपछि हिउहरु कम जम्ने हो र हिम नदि मा पानी को सतह कम छ चुरेभावर चुरे पाहाड मा जलवायु परिवर्तन भै सुख्खा हुँदा जंगल मा आगो लागि हुँदा पानी नउदा पानी खोज्न पानी खान बाहिर निस्कीएको बाघले मान्छेलाई मार्छ। बाघ को बासस्थान मा बढी बाघ हुनु बासस्थान कम हुनु कारण पनि बर्दिया राष्ट्रिय निकुञ्ज बाट बाहिर निस्कने बाघ राष्ट्रिय वन र सामुदायिक वन बस्छ अनी मानिस माथी आक्रमण गर्छ ।
मानीस माथी वन्यजन्तुले आक्रमण नगरुन मानीसले पनि दुर्घटना कम गरुन भनेर बर्दिया राष्ट्रिय निकुञ्ज भित्र ३२किलोमिटरमा टाईकाड समेत लागु गरेको छ।
गेरुवा कर्णाली नदीमा बर्घा मा पानी छ तर कार्तिक मंसिर मा पानी कम हुने कारण पानी भएको ठाउँमा जादाँ बाघले मानिस लागि आक्रमणमा परेका छन। बाघ भारतीय जंगल कतनिया घाटमा गैरहरका छन् ।
गेरुवा कर्णाली नदीमा पानीको बहाव फर्काउन जिसीबी लगाउने गरेको बेलामा करोडौ रुपैयाँ खर्च भईरहेको निकुञ्जको सुचना अधिकारी पौडेलले बताउनु भयो।
बाघको लगायत बन्य जन्तु हरुलाई पानी को कमी नहोस् भनेर कर्णाली नदीको पानी निकुञ्ज तर्फ फर्काउन वर्षेनी तनेल बनाउने निकुञ्जले गरेको छ।
कहिले पानी धेरै पर्दा कर्णाली नदीमा बबई नदी मा बाढी आएको बेला जनावर हरु समेत बगेर जाने गरेको छन् । निकुञ्ज भित्र बबई नहरमा जनावर हरु डुबेर मरीरहेका छन् । बन्यजन्तु संरक्षण मैत्री पूर्वधार निदेशीका २०७८ बनेको छ तर कार्यान्वयन हुन नसक्दा वन्यजन्तु मा असर परेको छ।
पहिले निर्माण भएको महेन्द्र राजमार्ग बबई नहर र भौतिक पूर्वाधारका संरचना सडक बाटो घाटोले गर्दा मध्यवर्र्तीक्षेत्रको बस्तीहरुको कारण समेत वन्यजन्तु मा असर परेको छ।
बाघको आहारा चितल जरायो बडेल प्रस्त मात्र छन् । तर मान्छेको हो हल्लाले गर्दा बाघ सिकार खेल्न नसक्दा बिरामी बाघ नजिकै पानीको स्रोतले नपाउँदा टाढा जान नसक्दा पानी को कमी भएको बेला मा बाहिर निस्कने हो ।
बाघ को आनि बानि हेर्ने हो भने बद्र अनुसासीत स्वभावको जनावर हो चितुवा लाई बाघले लखेटी रहन्छन् । चितुवा बाहिर निस्कने गर्छ। बर्दिया मा कर्णाली, बबई नदी नदी,औरही ,मानखोला कार्तिक मंसिर मै सुक्न लगेको छ ।
पानी नै धेरै कम छ ।२०२२को गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज मा मात्र विश्व को दुलर्भ पाटेबाघ १२५वटा छन् बाघको २०८२मा आउने पुषमा बाघका गणना भएपछि संख्या अझै बढेको स्रोतको भनाई छ ।
एक सिगेँ गैडा ३८ वटा रहेको छन् । २१०वटा घडीयाल गोही रहेको छन् । ५१३वटा प्रजाति चराहरु रहेका छन् । ४२वटा प्रजाति सर्प रहेको छन् । १२१वटा प्रजातिका माछा हरु रहेका छन् । कर्णँली नदीमा पाँच वटा डल्लफीन हरु छन् । सबै जिब जन्तु हरु जलबायु परिवर्तन तथा वातावरण असरले गर्दा पानी को सतह कम भएपछि संकटमा रहेको पाईन्छ। राज्यले वन्यजन्तुहरुका लागी पानीका व्यवस्थापन गर्न अपिहार्य छ ।तस्विर उपलव्ध
१)बाघको आक्रमणमा परी मृत्यु भएको गुलरिया वडा नम्वर ५को ७वर्षीया वालिका साइरा चौधरी फोटोःःमेनका चौधरीः गुलरिया,बर्दियाः
२)बबई नदीको किनारामा पानी खान निस्कीएको पाटेबाघको फोटोः मेनका चौधरी ः गुलरिया, बर्दिया

  • १६ कार्तिक २०८२, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२