मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागी सुझाव संकलन तथा समस्या ग्रस्त क्षेत्रमा समस्या समाधानका लागि बाकेको राप्तीसोनारीमा समुदायमा सचेतनामुलक एक दिने अभिमुखीकरण कार्यक्रम गरीएको छ ।
राप्तीसोनारी गाउपालिका र डिभिजन बन कार्यालयको सहयोग र बिकासका लागि हाम्रो प्रयास आयोजनामा फागुन् १२ गते सोमबार राप्तीसोनारीको वडा नम्बर ५ बिनौनाको वडा कार्यालयमा तथा वडा नं ७ फत्तेपुरमा सम्पन्न उक्त संबाद कार्यक्रममा सहभागीहरुले आफुले भोग्नुपरेका समस्याहरु राखेका थिए ।
लुम्बिनी प्रदेशको पुर्वसहरी विकास मन्त्री तथा लुम्बिनी प्रदेशका सभासद् कृष्णा केसीले बन्यजन्तु र प्रकृती दुबै चाहिने भएकाले सबैको अस्तीत्व लाइ सम्मान गर्दै आफनो कर्तब्य निर्भाह गर्नुपर्ने बताइन् । उनले बन्यजन्तुबाट हने जोखिम लाई कम गर्न आफैसंग भएको उत्पादनमा निर्भर हुनुपर्ने धारणा राखीन् । हाम्रो देश कृषि ,जलस्रोत , पर्यटन्मा समृद्ध भएको भन्दै उनले आफनो भाषा संस्कार खानाका परिकार लाइ ब्रान्डीग गरेर उत्पादनमा अग्रसर हन सुझाव दिइन् ।
५ वटा सामुदायिक बनबाट सहभागी रहेको कार्यक्रममा सामुदायिक बनका पदाधिकारीहरुले सामुदायिक बनहरु खोलानालाले कटान गरेको, आगलागिको समस्या, चोरी पैठारीको समस्या, मानिसहरुमा जनचेतनाको कमी, निलगाईले समस्या भएको, सामुदायिक बनको छेउमा तालजाली नहँुदा जँगली जनावारबाट बालीनालीको असुरक्षा भएको गुनासोहरु राखेको थिए ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष भगरु थारुले बिनौनामा रहेको सामुदायिक बनहरुको प्रभावकारी संरक्षणका कारण बन्यजन्तुहरु बृद्धि भएको उल्लेख गर्दै बन्यजन्तुहरुलाई चोरीशिकारी गर्नेहरुबाट बचाउन र बन्यजन्तुहरुको आक्रमणबाट नागरिकहरु जोगाउन चुनौती रहेको बताए ।बादर, निलगाइका कारण बालिनाली नष्ट गरेपछि स्थानिय पालिका तथा वडामा निबेदन दिदा पनि सुनुवाई नभएको बताए ।
कार्यक्रममा राप्ती सबडिभिजन बन कार्यालयका प्रमख राम गणेश साहले बन संरक्षण लागि उपभोक्ताहरुलाई बन संरक्षण सम्बन्धी तालिम तालिमको अबश्यक्ता रहको बताए ।
कार्यक्रममा, समय भवानी सामुदायिक बन उपभोक्ता समूह राप्तीसोनारी ५ का अध्यक्ष भोला थारु, सुनखोली सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष होम बहादुर रावत, सिद्धेश्वरी सामुदायिक बन उपभोक्ता समूह राप्तीसोनारी ५ का अध्यक्ष सबिन पुन मगर, कर्नेराजा सामुदायिक बन उपभोक्ता समूहका रिशम थारु,कन्याकारी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष भगवान दत्त थारु
वडा सदस्य सिता थारु, कमला बिक , शेर बहादर बिक,गोबिन्द जैशि, बिनौना प्रहरी प्रमुख बलबहादर घर्ती लगायतले बनसँग सम्बन्धित बिभिन्न सवालहरु बारे बोलेका थिए ।
राप्तीसोनारी गाउपालिका ७ का अध्यक्ष रामलखन थारुले सबै जिव प्राणीहरु मनिसलाइ आवश्यक पर्ने बताउदै अरुको अस्तीत्व लाईसम्मान गर्न आवश्यक रहेको बताए । पृथवीका सबै जिवको अस्तीत्व लाइ सम्मान गर्नपर्छ । उनले भने ,सबै मिलेर जैबिक बिबिधताको संक्षण गर्न आवश्यक छ ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता समूहका पदाधीकारी नागरीक समाजका अगुवा र फत्तेपुर प्रहरी इन्चार्ज श्यामलाल थारु लगायत बोलेका थिए । विकासको लागी हाम्रो प्रयास नेपाल बर्दियाको आयोजना डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सो कार्यक्रम भएको हो ।