७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
संचार क्ष्ोत्रमा अपांगता भएका महिलाका सवाल उठाउन माग
  • न्युज डेस्क

    १६ आश्विन २०८१, बुधबार

(नेपालगन्ज)

एक्सेस प्लानेटले अपांगता भएका महिलाहरुका सवालमा लेखिने समाचार, त्यसको प्रभावकारिता, उनिहरुसम्मको पहुंच र त्यस क्रममा अपनाउनुपर्ने संवेदनशिलताका बारेमा छलफलका लागि सो छलफल गरेको छ ।

बुधबार नेपालगंन्जमा छलफलका क्रममा नेपाली मिडियालाई अपांगता भएका महिलाका सवालमा समावेशी बनाउन देखिएका चुनौतिहरुको पनि चर्चा गरिएको थियो ।
धेरै मिडिया कर्मीहरूले अपांगता र महिलाका मुद्दाहरूको गहिरो जानकारी राख्दैनन्, जसका कारण यी विषयलाई प्राथमिकतामा राख्न नसकिरहेको पनि कार्यक्रमका सहभागिहरुले बताएका थिए ।

एक्सेस प्लानेटकी संस्थापक अध्यक्ष गारगी नेपालले पत्रकारहरुमा पनि अपाङ्गता सम्बन्धी मर्यादित शब्दहरूको जानकारीको कमी, दयामुखी अवधारणाबाट कथा प्रस्तुत गरिने, राजनीतिक सवाललाई बढी प्राथमिकता दिने जस्ता स्वभावका कारण उनिहरुका प्रगति र सफलताका कुराहरु प्रभावकारी ढंगले बहिर आउन नसकेको बताइन् ।

मिडियामा अपांगता भएका महिलाको आवाज र तिनको प्रतिनिधित्व कम हुनुका साथै प्रसारण प्रकाशन गरिएका सामग्रीहरू पहुचयुक्त नहुनुमा समस्या रहेको सुनाइन् । कार्यक्रममा सहभागि पत्रकारहरुले अबका दिनमा अपांगता भएका महिलाका सवालमा बढी लेख्ने प्रतिबद्वता जनाएका थिए ।

नेपालको जनगणना २०७८ का अनुसार २ दशमलब २ प्रतिशत जनसंख्यामा अपांगता रहेको जसमध्ये ४५ दशमलब ८ महिला र ५४ दशमलब २ प्रतिशत पुरुषको संख्या छ । विश्वमा बिश्व स्वास्थ्य संगठनका अनुसार बिश्वमा १६ प्रतिशत जनसंख्या कुनै किसीमले गम्भीर अपागंता रहेको छ ।नेपालमा करिब १० प्रतिशत व्यक्तिमा अपांगता रहेको आकलन गरिएको छ ।

 

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech