२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बाकेमा पाँच लाख २९ हजार सात सय बिरुवा उत्पादन ,किसानलाई निःशुल्क बिरुवा वितरण
  • न्युज डेस्क

    ३१ असार २०८१, आईतवार

( नेपालगंन्ज )

किसानले आफनो व्यक्तिगत जमिनमा लगेर लगाउनका लागि प्रयोग गर्ने र बहुवर्षीय बिरुवा सौन्दर्यबर्धक तथा ढिलो बढ्ने प्रजातिका बिरुवा वितरण कार्य शुरू गरिएको छ ।
डिभिजन वन कार्यालय बाकेले किसानलाई कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा निःशुल्क रूपमा वितरण सुरु गरेको हो ।

डिभिजनल वन अधिकृत अजित कुमार कर्णले जिल्लाका किसानलाई निःशुल्क रूपमा बिरुवा वितरणका लागि नर्सरीमा एक वर्षीय ७९ हजार र बहुवर्षीय २ लाख ९ हजार ७ सय बिरुवा उत्पादन गरिएको बताए ।

उनका अनुसार यस वर्ष वन कार्यालय परिसरमा रहेको नर्सरीमा विभिन्न जातका दुई लाख ८८ हजार सात सय बिरुवा उत्पादन गरिएका छन् ।
‘यसवर्ष डिभिजन वन कार्यालय भित्रको नर्सरीमा विभिन्न जातका एक वर्षीय ७९ हजार र बहुवर्षीय दुई लाख ९ हजार सात सय गरी दुई लाख ८८ हजार सात सय बिरुवा उत्पादन भएका छन्।’ वन अधिकृत कर्णले भने,‘किसानका लागि आइतबार बाट शुरू गरिएको बिरुवा वितरणको पहिलो दिन एक वर्षीय बिरुवा वितरण शुरु गरेका हौ ।’

 

वन अधिकृत कर्णका अनुसार एक वर्षीय बिरुवा अन्तर्गत नर्सरीमा अर्जुन जातका १२ हजार पँच सय, शितलचिनी ३७ हजार पँच सय, बेल पाच हजार, बर्रो पाच हजार, राजवृक्ष एक हजार सात सय, पारिजात पाच सय, सतिसाल पाच हजार, त्यसैगरी सागवन ४५ हजार, बकाइनो १५ हजार, मसला ६५ हजार, काभ्रो पाच सय, खयर पाच हजार, सिसौ पँच हजार, जामुन पाच हजार र निम दुई हजार गरेर दुई लाख नौ हजार सात सय बिरुवा उत्पादन गरिएका छन् ।

वन पैदावार आपूर्ति समिति अन्तर्गत १० लाख, जडीबुटी विकास कार्यक्रम अन्तर्गत संघ अनुदान ६ लाख र कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत चार लाख गरेर कुल २० लाख रुपियाको लागत खर्चमा उक्त सख्यामा एक वर्षीय बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत नवराज शाहीले बताए ।

शाहीका अनुसार एक वर्षीय र बहुवर्षीय गरी डिभिजन वन कार्यालयसहित जिल्लाका अन्य ६ वटा सब डिभिजन कार्यालयमा गरी यसवर्ष पँच लाख २९ हजार सात सय बिरुवा उत्पादन भएका छन् ।

बाकेको नरैनापुरमा रहेको सब डिभिजनको नर्सरीमा ६० हजार, राप्ती सब डिभिजनमा ५५ हजार, त्यसैगरी सिक्टा सब डिभिजनमा ३५ हजार बिरुवा उत्पादन गरिएको छ । त्यसैगरी कोहलपुर सब डिभिजनमा २५ हजार, समशेरगन्ज सब डिभिजनमा ४१ हजार र नेपालगन्ज सब डिभिजनमा २५ हजार विभिन्न जातका बिरुवा उत्पादन गरिएको हो ।

  • ३१ असार २०८१, आईतवार प्रकाशित
  • Nabintech