७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
जैविक विविधताको संरक्षणमा सबैको सहकार्य आवश्यक
  • न्युज डेस्क

    १२ असार २०८१, मंगलवार

oneplus_3

(नेपालगंन्ज )

सामुदायिक वनका उपभोक्ताहरुले जैविक विविधताको संरक्षणमा सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । बाकेका डुडुवा गाउपालिका ५ स्थीत बाबुकुवा सामुदायिक वनका उपभोक्ताहरुले जैबिक बिबिधता संरक्षणका लागि सचेतना जरुरी रहेको बताएका छन् ।

उनिहरुले जैविक विविधताको संरक्षणमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिएका हुन् ।डिभिजन वन कार्यालय बँकेको आर्थिक सहयोगमा संगम मल्टीमिडिया हब प्रा.लिले शुक्रबार आयोजना गरेको जैविक चौतारी कार्यक्रममा संरक्षणको सवाल, चुनौति तथा अवसर सम्बन्धी छलफल तथा सम्वाद कार्यक्रममा सहभागीहरुले वन्यजन्तुहरु र मानव बीचको द्धन्द्धलाई नियन्त्रण गर्न तारजाली लगाईनुका साथै वनमा वृक्षारोपण गर्दा वन्यजन्तुका लागि आहार स्वरुप बिरुवा लगाउनु पर्नेमा जोड दिए ।
बन भरी साल मात्र जोगाउने काम भएको भन्दै उनिहरुले बनका बादरहरु घर सम्म पुग्ने गरेको बताए । जंगलमा खयर र साल मात्र भएको उनिहरुले गुनासो गरे ।

उक्त कार्यक्रममा सहभागीले वन संरक्षण संगै वन्यजन्तु र मावन बीचको सहअस्तित्वलाई जोगाई राख्न ऐक्यबद्धता जनाएका थिए ।
सोही क्रममा स्थानीय बन महासंघका अध्यक्ष बेल वहादुर बोहाराले जैविक विविधता संरक्षणका लागि सामूदायिक वनले खेलेको भूमिकाको विषयमा प्रकाश पार्नु भएको थियो ।सामूदायिक वनले ढलापडा काठबाट समूदाय र उपभोक्ताको हीतमा काम गर्दै आएको अध्यक्ष केसीको भनाई थियो ।

बाकेमा कम्डी कोरीडोरी एरीयामा संरक्षणको निति लिएको डिभीजन वन कार्यालय बाँकेमा विभिन्न स्थानमा विभिन्न किसीम संघ संस्था सरकार लागेर वन संरक्षण वन्यजन्तु संरक्षणको लागी सचेतानाको कार्यक्रम चलाउदै आएको बताउनु भयो ।
बाँकेमा ४४ प्रतिशत भुभाग जंगलको रहेको बताउनु भयो । बाँकेमा २१ वटा पाटे वाघ रहेको जंगली हात्ती जंगली जनावर वढदै गएकोले भारत वाट आउने वन वन्यजन्तु लागी वन संरक्षणको लागी कम्डी एरीया बाँकेको लागी डुडुवा गाँउपालीका पनी लागी रहेको बताउनु भयो ।

 

सोही क्रममा शव डिभिजन वन कार्यलयका बन अधिकृत तथा कार्यक्रममा प्रमुख प्रशिक्षक राज वहादुर चौधरीले वन वन्यजन्तु संरक्षण जैवीक विविधता संरक्षणको बारेमा सरकारको जीवैक चौतारी कार्यक्रमको वारेमा जानकारी दिनु भएको थियो ।
उहाले सरकारको निति तथा वन संरक्षणको निति नियम र चोरी सिकारी गरेमा ,वन विनास गरेमा भोग्नु पर्ने दण्ड सजायको बारेको जानकारी दिनुभयो ।

सामुदायिक वनको कार्ययोजना बनाउन डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने, नवीकरण हुन नसकेका सामुदायिक वनको नवीकरण गर्न वन कार्यालयबाट आर्थिक र प्राविधिक सहयोग गर्ने, सामुदायिक वन उभोक्ताको आर्थिक पारदर्शिता कायम गर्ने(गराउने र आ–आफनो सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गर्नेलगायत विषयमा छलफल गर्नुभएको थियो ।

प्रशिक्षक चौधरीले जैविक विविधता संरक्षणका लागि कार्यालयले थुप्रै पभावकारी कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिनुभयो । उहाले निकुञ्जमा भएको आगलागीका कारण सामूदायिक वनमा वन्यजन्तुहरु प्रवेश गर्ने हुनाले वन्यजन्तुको संरक्षणका लागि सामूदायिक वनमा कृत्रिम पानी पोखरीको निमार्ण गरिएको बताउनुभयो । उहाँका अनुसार सामूदायिक वनमा चरिचरणका लागि आउने वन्जन्तुले गाउँघरमा पसेर बालीनाली नष्ट गर्ने हुँदा वन्यजन्तुबाट बाली जोगाउन मास तारजालीको व्यवस्थापन गरेको पनि जानकारी दिनुभयो ।

उहाँले आगामी वर्षको कार्यक्रममा सिक्टा नहरमा वन्यजन्तु पानी पिउन आउने हुँदा उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै तारजालीको व्यवस्थापन गरिनुका साथै बाँदर नियन्त्रणका लागि उपयुक्त कार्यक्रम ल्याउने पनि जानकारी दिनुभयो ।

कार्यक्रममा डुडुवा गाउपालिका वडा नम्वर पँच का वडा अध्यक्ष झकं वाहादुर थापाले दिगो वन व्यवस्थापनमा हरियो वन नेपालको धनको लागी जलवायु परिवर्तन रोकथामको लागी सवै जना संरक्षणमा लाग्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

वनको सशक्तीकरणसँगै जैविक विविधताको संरक्षणकालगि वडाले गर्नु पर्ने सबै प्रकारका जिम्मेवारी पुरा गरेको जानकारी दिनु भएको थियो । उहाले वन्यजन्तुको आक्रमणमा परी घाईते भएकाहरुका लागि राहत उपलब्ध गराउन तत्काल सिफारिस गर्नु पर्ने विषयमा कुनै कसर बाकी नराखी छितोछरितो ढंगले काम गरेको जानकारी दिनुभयो । उहाले वडाले आगामी दिनमा जैविक विविधताको संरक्षणकालगि संगसँगै हातेमालो गर्दै जाने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डुडुवा गाँउपालीकाको वडा नम्वर ५ का वडा अध्यक्ष झंक वहादुर थापाको प्रमुख अथितीमा सम्पन्न भएको हो । सो कार्यक्रममा डिभीजन वन कार्यालयको वरिष्ठ वन अधिकृत राज वहादुर चौधरी प्रमुख प्रशीक्षक र सञ्चारीका समुह लुम्विनी प्रदेशको महासचीव तथा राससका सामाचारदाता तथा प्रशीक्षक मेनका कुमारी चौधरी रहनु भएको थियो । उक्त कार्यक्रममा माथीको प्रकाश संगम मल्टी मिडीया हबका अध्यक्ष हेमन्त विकले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै कार्यक्रममा स्वागत मन्तव्य द्धारा स्वागत गर्नु भएको थियो ।

 

 

  • १२ असार २०८१, मंगलवार प्रकाशित
  • Nabintech