१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
नरैनापुरमा प्रमुख प्रशासकीय अधिकृत खराल
  • न्युज डेस्क

    २८ भाद्र २०७९, मंगलवार

बाँके ।

नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी  फेरि पनि मणिराम खरालले पाएका छन् । प्रमख प्रशासकिय अधिकृत खरालले मंगलबार देखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको भूमिका निर्वाह गर्दै आएका भरत बस्नेत सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।
पदवहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताए । ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र गाँउसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु ।’

प्रमुख प्रशासकीय अधिकृत खरालले भने, ‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । नरैनापुर सुख्खा क्षेत्र घोषणा संगै गाँउपालिका सँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’
कोरोनाको पहिलो चरणमा नरैनापुर गाँउपालिकामा ७ महिना प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गरेका खरेलले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै फेरी पनि सुख्खा ग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आएको भन्दै गाँउपालिका अध्यक्ष शाहले स्वागत गरेका थिए । उनले नरैनापुरको समग्र विकासका लागि काम गर्न निर्देशनात्मक सुझाव दिएका थिए ।

गाउँपालिका कार्यालय नरैनापुरमा अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तव, जनप्रतिनिधी, निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गरेका लेखा अधिकृत भरत बस्नेत, वडा नं। २ का वडा अध्यक्ष मसूद अहमद शाह, जिन्सी शाखा प्रमुख एंव वडा नं। ५ का सचिव भरत महतो, नरैनापुरको विपत शाखाका प्रमुख लक्ष्मीकान्त मिश्रा, लेखापाल प्रकाश अधिकारी तथा अन्य कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत खराललाई स्वागत गरे ।
खराल सुशासन र आर्थिक पारदर्शितामा अब्बल प्रशासकका रुपमा चिनिन्छन् । यसअघि पनि थुप्रै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेको उनीसँग अनुभव छ । नरैनापुर गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफुले इमान्दारिता पुर्वक काम गर्ने खरालले प्रतिवद्धता जनाएका छन् ।

  • २८ भाद्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२