१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार
वातावरण संरक्षणका लागि प्लाष्टिक मुक्त गाउँ बनाउन डाेकाे वितरण
  • न्युज डेस्क

    १६ चैत्र २०८२, सोमबार

वातावरण जोगाउन फच्कहवामा डोको वितरण
बर्दिया, चैत १६ गते
बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.११ काे फच्कहवामा गाउँ वातावरण संरक्षण र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्लाष्टिक मुक्त बनाउने उद्देश्यले  आज डोको वितरण गरिएको छ ।
वातावरण तथा जलवायु अनुकूलन कार्यक्रम गाउँ नगर सरसफाइ कार्यक्रम तथा प्लाष्टिक मुक्त बनाउने उद्देश्यले नमुना गाउँ बनाउने अभियानमा लागेको डिभिजन वन कार्यालय बर्दियाकाे निम्त कार्यालय प्रमुख शिव बहादुर केसीले बताउनुभयो।                   साे कार्यक्रमकाे  प्रमुख अतिथि  केसीले स्थानीय लाई डोको तथा डालो वितरण गर्दै सरसफाइमा सक्रिय भै प्लाष्टिक मुक्त गाउँ टाेल बनाउने बन समेत हरियाे रहेने मानिसलाई स्वस्थ्य सुरक्षी हुनकाे लागि जल,जंगल, जमिन लाई  सफा राख्न फाेहर  व्यवस्थापन गर्न डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोग र विकासको लागि हाम्रो प्रयास नेपाल, बर्दिया मेरो उडान अनलाइनको आयोजनामा डोको वितरण  गरेको   बताउनुभयो।
कार्यक्रममा डिभिजन वन कार्यालय बर्दियाकाे बरिष्ठ वन अधिकृत शिव बहादुर के.सीले वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित वार्षिक कार्यक्रम अन्तर्गत गाउँ, घर, विद्यालय र समग्र वातावरण सफा राख्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
उहाँका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यासलाई गाउँस्तरमै लागू गराउने लक्ष्य राखिएको छ । कुहिने फोहोर घरमै व्यवस्थापन गर्ने र नकुहिने फोहोर डोकोमा संकलन गरी पालिकाको फोहोर संकलन गाडीमार्फत व्यवस्थापन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, आयोजक संस्थाकाे अध्यक्ष मेनका चौधरीले वातावरण प्रदूषण नियन्त्रण र संरक्षणका लागि सबै जनाले आनीबानी परिवर्तन गर्नु पर्ने साथै गाउँ काे सरसफाइ गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट व्यवहारिक रुपमा कार्यान्वयन गर्न याे कार्यक्रम रहेको बताउनुभयो । उहाँले वन तथा वन्यजन्तु मानव  वन्यजन्तु बिच द्वन्द्व न्यूनीकरण गर्न वातावरण संरक्षण गर्न वातावरण तथा जलवायु अनुकूलन कार्यक्रम ले वातावरणमा संरक्षण हुने  महत्वपूर्ण भूमिका   खेल्ने  बताउनुभयो ।                                                          गाउँघर सफा राख्दा वातावरणीय सन्तुलन कायम हुने धारणा राख्नुभयो । साथै, वितरण गरिएका डोकोको उचित प्रयोग गर्न उहाँले स्थानीयवासीलाई  अनुरोध गर्नुभयो।
डोको प्राप्त गरेपछि स्थानीयवासीहरू खुसी हुँदै  उहाँहरूले यस्ता जनचेतनामूलक र व्यवहारिक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा साेहि वडाका वडा सदस्य रामकुमार चौधरी, जनमुक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किस्मत सिंह ठकुरी,बरघर मान बहादुर चौधरी  सञ्चारकर्मी र स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।

  • १६ चैत्र २०८२, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२