नेपालगंन्ज ।
आगामी माघ २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार सुमन मल्ल को लोकप्रियता जताततै देखिएको छ। युवा नेता, व्यवसायी र समाजसेवीको रूपमा परिचित मल्लले स्थानीय जनताको मन जित्दै आगामी निर्वाचनमा आफ्नो सक्रियता देखाइरहेका छन्।

बाँकेको खजुरा–१ र राधापुरका स्थानीय बासिन्दा मल्लको जन्म २०४० साल साउन ९ मा भएको हो। एसएलसी पास गरेका उनी मार्शल आर्टका खेलाडी, पर्यटन र निर्माण व्यवसायी पनि हुन्। मल्लको राजनीतिक जीवन २०७४ सालदेखि सुरु भएको हो, जब उनी खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष निर्वाचित भएका थिए। वडाध्यक्षका रूपमा उनले पारिश्रमिक शिक्षामा, विपन्न बिरामीको औषधि उपचारमा र समुदायका विकास परियोजनामा खर्च गरेका थिए।

२०७९ सालको स्थानीय निर्वाचनमा मल्लले खजुरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी भए पनि कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार डम्बर बिकेले उनलाई पराजित गरेका थिए। त्यसबेलादेखि पनि मल्लले पार्टी र स्थानीय समुदायमा सक्रिय भूमिका जारी राख्दै आएका छन्।
सुमन मल्लको राजनीति सामाजिक न्याय, स्थानीय विकास र कमजोर वर्गको हकहित सुनिश्चित गर्नेमा केन्द्रित छ। उनले जनताको वास्तविक समस्या बुझ्न, प्रत्यक्ष संवाद गर्न र परिणाममुखी नीति निर्माणमा विश्वास राख्छन्। ग्रामीण विकास, कृषक र समुदायका कमजोर वर्गको जीवनस्तर सुधार मल्लका मुख्य लक्ष्य हुन्।

सामाजिक कार्य र जागरूकता अभियानमा लामो अनुभव राख्ने मल्लले पारदर्शिता, उत्तरदायित्व र जनतामुखी नीतिमा विश्वास राख्दै बाँके–३ का प्रभावकारी नेता बन्न सफल भएका छन्। आगामी निर्वाचनमा उनको लोकप्रियता र स्थानीय जनताको विश्वास निर्णायक हुने अनुमान गरिएको छ।











