(नेपालगन्ज)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेककुमार श्रेष्ठले देश र जनताप्रति जवाफदेही भई दलीय स्वार्थ भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता गरेका छन्।
बाँके क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठले भ्रष्टाचारकाविरुद्व शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारीलाई कारबाहीकाे दायरामा ल्याउन निरन्तर दबाब दिने, जनचाहना अनुसार जिम्मेवारी पूरा गर्न निष्ठावान भई प्रयत्नरत रहने प्रतिबद्धता गरेका छन्।
श्रेष्ठले बाँके जिल्लाकाे समग्र विकास, क्षेत्र नम्बर २ काे विकासका प्रदेश सरकार र स्थानीय तहसँग मिलेर गर्ने कामकाे फेहरिस्ता निकालेका छन् ।
उनले जिल्लामा उद्याेग, भाैतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् न्यूनीकरण, वातावरण संरक्षण र सूचना प्रविधिकाे विकासका लागि स्थानीय सरकारकाे सहभागितामा साझा नीति तथा कार्यक्रम निर्माण गरि कार्यान्वयन गर्न सहजीकरण गर्ने, राष्ट्रिय गाैरवकाे सिक्टा सिँचाई आयाेजना पूरा गर्नर राप्ती तटबन्ध र फाेहाेर व्यवस्थापन र ढल निकासकाे एकीकृत याेजना बनाएर लागु गर्न पहल गर्ने प्रतिबद्धतामा समेटेका छन् ।
श्रेष्ठले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा आधारभुत पूर्वाधारहरु सडक, ढल, खानेपानीकाे सुदृढीकरण गर्ने, भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे रुपमा विकास गर्ने, नेपालगन्जका सडकमा आकाशे पुल बनाउने, नेपालगन्ज नगरकाे ब्रान्डिङ गरीलशिक्षा, स्वास्थ्य, उद्योग र व्यवसायकाे हब बनाउने, जडिबुटी प्रशाेधन उद्योग स्थापना तथा सञ्चालनका लागि पैरवी गर्ने, डुडुवालाई कृषि र पशुपालनमा राष्ट्रिय स्तरमा नमूना गाउँपालिकाकाे रुपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रतिबद्धता सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारी, जिल्ला अध्यक्ष नवीन खड्का, बुद्विसागर सुवेदीलगायतकाे उपस्थिति थियाे ।










