५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार
जसको पहलमा बन्यौ चप्परगौडीमा निर्माणाधीन जैविक पार्क ,युवा तथा ज्येष्ठ नागरिकका लागि बिश्राम स्थल
  • न्युज डेस्क

    ५ फाल्गुन २०८२, मंगलवार

 

(नेपालगन्ज)

बाकेको कोहलपुर १२ ,का रामप्रसाद वली ६५ बर्षका भए । घरनजिकै बनिरहेको जैबिक पार्क लाइ उनि दिनहु नियाली रहन्छन् । गाउमा बनेको यो पार्कले आफु जस्ता बृद्धाहरुलाइ थकान मेटने साथीसंगती संग भेटने थलोका रुपमा हुने उनको बुभाइ छ । ‘बाहिर निस्कीयौ बस्ने कतै थलो भेटीदैन् टाढा जान सकिदैन् । उनले भने ,‘ बल्ल गाउमा हामी जस्ता बुढापाका लाइ घुमफिर गर्ने थलो भेटीएको छ ।’

यो योजनाका पहलकदमी हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकाल । जसले बालबालिका अनि युवा देखी बृद्धहरुलाइ घुमफिर देखी बाहिरको वातावरणमा रमाउनका लागि एउटा विश्राम स्थल बनाउने पहल गरे ।
बँके जिल्लाको कोहलपुर नगरपालिका–१२, चप्परगौडीमा जैविक पार्क निर्माण कार्य अगाडि बढिरहेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालको पहलमा सुरु गरिएको उक्त परियोजनाले स्थानीय तहमा वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

केन्द्रीय सांसद रहदै उनले यस क्षेत्रमा जैविक पार्क निर्माणका लागि विशेष पहल गरेका थिए। हाल पार्कको मुख्य प्रवेशद्वार (गेट) निर्माण सम्पन्न भइसकेको छ भने पार्क वरिपरि तारबारसमेत गरिएको छ। अन्य संरचनागत कार्यहरू पनि चरणबद्ध रूपमा अघि बढाइदैछ।
निर्माणाधीन जैविक पार्कले स्थानीय बासिन्दालाई स्वच्छ र हरियाली वातावरणमा समय बिताउने अवसर प्रदान गर्नेछ। बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि घुमफिर तथा विश्राम स्थलको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

साथै पार्क क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण, पदमार्ग निर्माण तथा आवश्यक पूर्वाधार व्यवस्थापन गर्ने योजना रहेको जनाइएको छ।
स्थानीयवासीहरूले यस पहललाई सकारात्मक रूपमा लिँदै जैविक पार्क निर्माणले आन्तरिक पर्यटन प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम तथा रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

  • ५ फाल्गुन २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२