(नेपालगन्ज)
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाके जिल्ला क्षेत्र नम्बर २बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता मोहम्मद इश्तियाक राईले जनताका आवश्यकता लाइ ध्यानमा राख्दै शान्ति र सदभाव कायम राख्ने सबैको चाहना लाइ प्राथमिकता दिदै आफनो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।
सोमबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उनले “समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन्।
राईले पूर्वाधार तथा सहरी विकास, औद्योगिक तथा व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, कृषि आधुनिकीकरण तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म–संस्कृति संरक्षण, पर्यटन प्रवद्र्धन, सुशासन र प्रविधि विकास, सामाजिक न्याय तथा समावेशी विकास र व्यवस्थित बसोबासलगायतका विषयलाई प्राथमिकतामा राखिएको बताएका छन्।
कार्यक्रममा बोल्दै राईले नेपालगञ्जलाई शिक्षा, स्वास्थ्य, खेलकुद र उद्योगको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले विगतमा सांसद तथा मन्त्रीको भूमिकामा रहँदा नेपालगञ्जलाई २४ वटा जिल्लाको व्यापारिक हबका रूपमा स्थापित गर्न पहल गरेको दाबी गरे। साथै नेपालगञ्जमा आकाशे पुल निर्माणका लागि पहल गरिए पनि अदालतबाट स्वीकृति नपाउदा उक्त योजना कार्यान्वयन हुन नसकेको स्पष्ट पारे।
त्यसैगरी, आफनै पहलमा भेरी अस्पतालको स्तरोन्नति भएको उल्लेख गर्दै उनले यसलाई अझै सुविधा सम्पन्न र विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
राईले लुम्बिनी प्रदेशमै बाके जिल्लामा मातृ तथा शिशु मृत्युदर उच्च रहेको उल्लेख गर्दै यसको न्यूनीकरण र प्रभावकारी व्यवस्थापन आफनो प्रमुख प्राथमिकता रहेको बताए। स्वास्थ्य सेवा विस्तार, विशेषज्ञ जनशक्ति व्यवस्थापन र पूर्वाधार सुदृढीकरणमार्फत उक्त समस्या समाधान गरिने उनले बताए।
बिगतमा विभिन्न विकास निर्माणका काम सम्पन्न गरेको उल्लेख गर्दै राईले पुनः जनताबाट अनुमोदित भई नेपालगञ्ज–डुडुवाको समृद्धि, स्वास्थ्य सुरक्षा र आर्थिक सशक्तीकरणका लागि प्रतिबद्धतासाथ काम गर्ने बताए।
पुर्वाधार, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सामाजिक सुरक्षा, पर्यटन प्रवद्र्धन, सुशासन र समावेशी विकासलाई प्राथमिकतामा राखिएको प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै राईले नेपालगञ्ज–डुडुवालाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्रका रूपमा स्थापित गर्ने आफनो लक्ष्य दोहो¥याए।
“अब अनुभव, निरन्तरता र परिणामसहितको कामको राजनीति आवश्यक छ,” उनले भने, “जनताको विश्वासको मतले अधुरा योजना पूरा गर्नेछ।”










