१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार
फरक बिचार फरक पार्टीमा हुदापनि बिकासका लागि संगै मिलेर काम गरयौ ≤ मोहम्मद इश्तियाक राई
  • न्युज डेस्क

    १ फाल्गुन २०८२, शुक्रबार

नेपालगन्ज।

प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भएमा बँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताउनु भएको छ। वडा नं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफनो काम गराईलाई वडा नं १ ले राम्ररी महसुस गरेको पनि दाबी गर्नुभयो।


आफू सांसद र मन्त्री छदा वडा नं १ मा कार्यान्वयन गरेका आयोजनाहरूको दृष्टान्त दिदै राईले वडा नं १ आफूले सबैभन्दा धेरै माया गर्ने मध्येको एक भएको बताउनुभयो। ‘यहाँका वडाध्यक्ष र म पहिले फरक पार्टीमा थियौं, विचारधारा पनि फरक थियो। तर आफनो ठाउको विकासको सवालमा भने हाम्रो कुरा मिल्यो। वहाँ पनि काम गर्न चाहने मान्छे, म पनि। हामीले यो वडामा वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट, भवनहरू निर्माण अनि बाटोघाटो बनाउन मिलेर काम ग¥यौं।’, राईले भन्नुभयो, ‘फेरि पनि मलाई जिताउनुभयो भने म यहाँको मुहार फेर्नका लागि विकास निर्माणका थुप्रै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

पछिलो ३ वर्ष प्रतिनिधसभामा बाके क्षेत्र नं २ को भूमिका विर्सनलायक रहेको राईको भनाई थियो। उहाले आफनो कार्यकाल र अरूको विगतको कार्यकाल तुलना गरेर मूल्यांकन गर्न पनि मतदाताहरूसमक्ष आग्रह गर्नुभयो। आफू विगतमा सानो पार्टीमा हुदा समेत बाँकेमा उल्लेख्य विकास निर्माणका आयोजनाहरू ल्याउन सफल भएको बताउनुभएका राईले भन्नुभयो, ‘अहिले त म नेकपा एमालेबाटै उम्मेदवार छु। अध्यक्ष केपी ओली जीको नेतृत्वमा मन्त्री छँदा त काम गर्न सकें भने अब यहीँ नै आएपछि झन कति काम गर्न सक्छु होला तपाइँहरूले बुझ्नुभएकै छ।’

 

  • १ फाल्गुन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२