११ चैत्र २०८२, बुधबार
११ चैत्र २०८२, बुधबार
नेपाली कम्युनिष्ट पार्टी को वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा
  • न्युज डेस्क

    २४ माघ २०८२, शनिबार

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ मा बाँके क्षेत्र नं. २ को वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। प्रतिनिधि सभा निर्वाचनमा बाके निर्वाचन क्षेत्र नम्बर २ चुनावलाई लक्षित गर्दै पार्टीले जनसम्पर्क विस्तार, संगठन सुदृढीकरण तथा मतदाता भेटघाटलाई प्रभावकारी बनाउन कार्यालय सञ्चालनमा ल्याएको हो।


सम्पर्क कार्यालय उद्घाटनसँगै पार्टीका नेता तथा कार्यकर्ताहरू चुनावी अभियानमा सक्रिय देखिएका छन्। कार्यालयमार्फत मतदातासँग प्रत्यक्ष संवाद, चुनावी कार्यक्रमको समन्वय तथा पार्टीका नीति–कार्यक्रमबारे जानकारी दिने काम गरिने जनाइएको छ।
पार्टीको चुनाव चिन्ह ‘तारा’ रहेको उल्लेख गर्दै कार्यालय परिसरमा पार्टीका झण्डा र प्रचार सामग्री राखिएको छ। स्थानीय तहको विकास, सुशासन र जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएको पार्टीले जनाएको छ।


स्थानीय बासिन्दाहरूले पनि चुनाव नजिकिँदै जाँदा राजनीतिक गतिविधि बढेको बताएका छन्।
कार्यक्रम लाइ सम्बोद्धन गर्दै प्रतिनिधि सभा निर्वाचनमा बाके निर्वाचन क्षेत्र नम्बर २ उम्मेदवार दिपेन्द्र बिष्टले बाकेको समग्र बिकासको मुद्धालाइ अगाढी बढाउदै समाबेशी समाजको अवधारणा कार्यन्वयन गर्दै सबैका लागि बिकास गर्ने प्रतिबद्धता ब्यत्त गर्नुभयो ।

  • २४ माघ २०८२, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२