२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार
मन जित्दै ,मत माग्दै सुमन
  • न्युज डेस्क

    २२ माघ २०८२, बिहीबार

(नेपालगंन्ज )

नेकपा एमालेबाट बाके क्षेत्र नम्बर ३ का उम्मेदवारले स्थानीयसंग भेटघाट र अन्र्तक्रीया लाइ तिब्रता दिएका छन् । बाके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जहा जहाँ पुग्छन्, उनलाई अबिर–फुलमालासहित मतदातासँग आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ ।

एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता मल्ललाई टिकट दिएसंगै उत्साहित बनेको बाके एमालेका कार्यकर्ताहरु यतिबेला कार्यकर्ता भेला र भेटघाटमा ब्यस्त बन्दै गर्दा उम्मेदवार मल्ल गाउघरमा पुग्दा उनलाई जितको शुभकामना दिन घुइचो नै लाग्ने गरेको छ ।

पछिल्ला दिनहरुमा बाके क्षेत्र नम्बर ३ को खजुरा गाउपालिका, जानकी ,बैजनाथ गाउपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको  १६ ,१७को टोलमा पुग्दा स्थानीयले मल्ललाई स्वागत गर्दै फुलमाला अबिर सहित आशीर्वाद र शुभकामना दिन भिड लाग्ने गरेको छ ।

बँकेको खजुरा गाउँपालिकाका वडा नम्बर १ का स्थायी बासिन्दा समेत रहेका मल्लले एक कार्यकाल वडा अध्यक्ष बनेर जिल्लामा नमुना वडाको रुपमा आफनो वडालाई चिनाएका थिए । नमुना वडाको बिकास मोडेल अब क्षेत्र नम्बर ३ ले पाउने भन्दै स्थानीयहरु हर्सित बनेका छन् भने अन्य ठुला दलले सुमन मल्लको प्रतिस्पर्धामा आयातित उम्मेदवार दिएको हुदा मल्ललाई स्थानीयले अपनत्त्व ग्रहण गरेको स्थानीयहरु बताउने गर्छन् ।

भेटघाटका क्रममा उम्मेदवार मल्लले समेत हाम्रो क्षेत्र हामिले नै बनाउने भन्दै यो चुनाव आफनो नभएर आफना मतदाताको भएको बताउदै आएका छन् ।

भेटघाट क्रममा जनतासँग नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरि भारी मतले उम्मेदवारलाई विजयी बनाउन मल्लले अपील गरेका छन् । उनले क्षेत्र नम्बर ३ मा मतदाताले एमाले माथिको विश्वास कायम राख्ने र जनताको भावनासग एमाले नै घुलमिल भएकोले एमालेको जीत सुनिश्चित रहेको दाबी गरेका हुन ।

नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार मल्लको उपस्थितिमा जानकी गाउपालिका खजरा गाउपालिकाको गाउ गाउमा चुनाबी भेटघाट गरीरहेका छन् ।

 


उम्मेदवार मल्लले यस क्षेत्रमा खेलकुद मैदान एवम् कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन्  । उनले साईगाउ र बढैयाका स्थानीय अगुवा तथा मतदातासँगको भेटघाट निकै उत्साहजनक रहेको बताए  ।

  • २२ माघ २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२