२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार
परदेशी भूमिमा नेपाली मजदुरको पहिचान बनाएका महेन्द्र चुनावी मैदानमा
  • न्युज डेस्क

    २२ माघ २०८२, बिहीबार

नेपालगन्ज ।
बिकास केवल भौतिक बस्तु होइन् । त्यो महसुस गर्न सक्ने अनुभुति गर्न सक्ने परिवर्तन हो । त्यसलाइ नै जिबनको मुल मन्त्र बनाएका महेन्द्र अहिले बिकासको खोक्रो नारा लगाउदै भोट माग्नेहरुका बिचमा बिकासको सहि परिभाषा बुझाउदै जनता बिच पुगिरहेका छन् ।
तर बाँके क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार महेन्द्र प्रकाश चन्दको राजनीतिक यात्रा भने भारतको परदेशी भूमिमा, एक नेपाली मजदुरको पहिचानसंग ।

चन्द अखिल भारत नेपाल एकता समाजमा सक्रिय रहँदै भारतमा रहेका नेपाली श्रमिकका सामाजिक मुद्दामा काम गरिरहेका थिए । त्यही क्रममा उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विचारधारासंग नजिकिए । तत्कालीन संगठनमा सक्रिय नरेन्द्र महरबाट पाएको प्रेरणाले उनलाई माओवादी राजनीतिप्रति स्पष्ट बनायो । ‘जनताका आधारभूत समस्या माओवादीले मात्र गम्भीरताका साथ उठाएको’ उनको बुझाइ यहीबाट विकसित भयो ।

परदेशी जीवन सजिलो थिएन । २०५४ साल भारतको हिमाचलमा रोजगारीका सिलसिलामा रहँदा चन्दमाथि ‘माओवादी कार्यकर्ता’ भएको आरोप लाग्यो । त्यसको परिणाम हिरासत, मानसिक दबाब र शारीरिक यातनासम्म पुग्यो । “केही दिन म जेलमै रहेँ,” चन्द सम्झन्छन्, “माओवादी भएको आरोपकै कारण ।”

त्यो समय उनी एक गम्भीर दोधारमा थिए परिवारका लागि सुरक्षित रोजगारी गर्ने कि जोखिम मोलेर राजनीति रोज्ने । भारतमै रहेका केही नेपाली दलसमर्थक समूहबाट दबाब आयो—राजनीति छोड्न, परदेशमै आफनै सुरक्षालाई प्राथमिकता दिन । तर चन्दले फरक निष्कर्ष निकाले । “दुई हजार रुपैयाँ कमाएर परिवार त चल्ला,” उनी भन्छन्, “तर त्यसले देश बदलिँदैन ।”

यही सोच उनका राजनीतिक यात्राको मेरुदण्ड बन्यो । उनले जनताको मुक्ति व्यक्तिगत समृद्धिभन्दा ठूलो ठाने । गास, वास, स्वास्थ्य, शिक्षा र रोजगारी—यी विषय माओवादी एजेन्डाको केन्द्रमै रहेको भन्दै चन्द त्यसैमा आफूले भविष्य देखेको बताउँछन् ।
चन्द माओवादी केन्द्रका संगठनात्मक गतिविधिमा सक्रिय बने । जनआन्दोलन, पार्टी अभियान र सांगठनिक काममा निरन्तर संलग्न हुँदै चुनावमा होमिएको उनी बताउँछन् ।

बाँके क्षेत्र नम्बर २ मा यसपटक पनि सजिलो चुनावी क्षेत्र छैन । विगतका निर्वाचनहरूले देखाएको मत विभाजन, दलगत प्रतिस्पर्धा र सामाजिक संरचनाले यहाँ परिणामलाई अनिश्चित बनाउँछ । यस्तो अवस्थामा चन्दको उम्मेदवारी केवल एउटा सिटको प्रतिस्पर्धा मात्र होइन, माओवादी केन्द्रका लागि आफ्नो वैचारिक राजनीति पुनःस्थापित गर्ने प्रयाससमेत हो ।

चन्द आफूलाई चुनावी नाराभन्दा जीवन अनुभवले परिभाषित भएको उम्मेदवार मान्छन् । परदेशी श्रमिकको पीडा, जेलको यातना र निरन्तर राजनीतिक प्रतिबद्धता यी सबै उनको चुनावी एजेन्डामा घुलिएका छन् । संसदसम्म पुग्ने आकाङ्क्षा व्यक्तिगत पदको खोजीभन्दा आफूले रोजेको राजनीतिक बाटोलाई औपचारिक प्रतिनिधित्व दिने चाहना रहेको उनी निकटहरू बताउँछन् ।

परदेशको जेलदेखि संसदीय यात्रासम्म आइपुगेको चन्दको कथा नेपालको माओवादी राजनीतिले बोकेको एउटा यथार्थ पनि हो, जहाँ विचारको मूल्य कहिलेकाहीँ व्यक्तिगत सुरक्षाभन्दा माथि राखिन्छ । “परदेशमा जेल बसेँ, यातना भोगें, तर मैले कहिल्यै पछि हटिनँ,” चन्दले भने । “म राजनीतिमा व्यक्तिगत फाइदा खोज्न आएको होइनँ । जनताको जीवन बदल्ने, न्याय र अवसर सुनिश्चित गर्ने कामका लागि यहाँ छु । अब बाँके–२ का मतदाताले निर्णय गर्ने छन्, के उनीहरूले सङ्घर्ष र दृढ विचारधारा भएको नेतृत्व रोज्छन् वा सजिलो बाटो रोज्छन” चन्द भन्छन् ।

  • २२ माघ २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२