१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार
महिला उद्यमशीलताको प्रवद्र्धनसंगै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी
  • न्युज डेस्क

    १० माघ २०८२, शनिबार

(नेपालगंन्ज )

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको आयोजना हुने भएको छ ।
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी यही माघको १४ देखि नेपालगन्जमा हुने भएको हो । महिला उद्यमी सङ्घ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवर्धन गर्ने लक्ष्यसहित महिला उद्यमी सङ्घ नेपाल बाकेले हरेक वर्ष नेपालगन्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
आयोजक महिला उद्यमी सङ्घ नेपाल बाके अध्यक्ष रेवती सिंहले प्रदर्शनीको तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘महिला दिदीबहिनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न यो प्रदर्शनी महत्त्वपूर्ण सावित हुदै गएको छ । विगतमा जस्तै दशौं संस्करणलाई भव्य बनाउन सबैको सहयोगको अपेक्षा गरेका छौं ।’’

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको १०औं संस्करण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा हुनेछ ।नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगडको मुख्य प्रयोजनमा हुन लागेको यस प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासँगै कर्णाली र सुदूरपश्चिमका गरी करिब दुई सय महिला उद्यमीहरुको सहभागिता रहने प्रदर्शनी संयोजक एवम् महिला उद्यमी सङ्घ नेपाल बँकेको प्रथम उपाध्यक्ष आभा गौतमले बताउनुभयो ।

करिब ७० स्टल रहने प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु,फलोरिकल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, शृङ्गार तथा गरगहनालगायतका सामग्री तथा वस्तु बिक्री, प्रचार प्रसारका लागि राखिने महिला उद्यमी सङ्घ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले बताउनुभयो ।

करिब ६ लाख रुपिया बजेट रहेको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८२ अवलोकन गर्नका लागि निःशुल्क व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ । प्रर्दशनीका दौरान विज्ञहरुको उपस्थितिमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि बैंकिङ कारोबार, उद्यमशीलताको बारेमा अभिमुखीकरण कार्यक्रमको समेत आयोजना गरिनेछ ।

प्रदर्शनीले नव आगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासङ्घ नेपालको केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताउनुभयो । महिला उद्यमी सङ्घ नेपाल बाके निवर्तमान अध्यक्ष सावित्रा पोख्रेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नया उद्यमी उत्पादन गरिरहेको बताउनुभयो ।
‘दशौं संस्करणको यो प्रदर्शनीले महिला उद्यमशीलताको प्रवद्र्धनसंगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा क्षेत्रीय बजारसम्म पु¥याउने महत्वपूर्ण अवसर प्रदान गर्ने छ । ’उहाले भन्नुभयो ।

 

  • १० माघ २०८२, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२