१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार
मनकारीहरुको पहलमा – बढैयातालमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई जाडोमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

कठ्याङ्ग्रिने चिसोबाट सुरक्षित राख्ने उद्देश्यसहित गरिएको यस सहयोगले ती विद्यार्थीहरूको दैनिकीलाई सहज बनाउनुका साथै समाजमा करुणा, सहअस्तित्व र सहयोगको सन्देश फैलाएको छ।

  • न्युज डेस्क

    २५ पुष २०८२, शुक्रबार

(नेपालगंन्ज)

मानवीय भावना र सहयोगको सुन्दर उदाहरण प्रस्तुत गर्दै मनकारीहरूको पहलमा जाडोयाममा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३, सिमरास्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

कठ्याङ्ग्रिने चिसोबाट सुरक्षित राख्ने उद्देश्यसहित गरिएको यस सहयोगले ती विद्यार्थीहरूको दैनिकीलाई सहज बनाउनुका साथै समाजमा करुणा, सहअस्तित्व र सहयोगको सन्देश फैलाएको छ। जाडो छल्न न्यानो कपडासहित गरिएको यो पहलले उनीहरूका अनुहारमा मुस्कान थपेको छ।

कार्यक्रम बढैयाताल गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँकार्यपालिका सदस्य चन्द्रकला विक, वडा सदस्य आशिष चर्च पास्टर सोनु बराइली, धर्मगुरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वअध्यक्ष दिल बहादुर के.सी., प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई जाडोबाट जोगिन सहयोग पुग्ने ज्याकेट र ऊनी टोपीसहित कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। सामग्री पाएपछि विद्यार्थीहरू खुसी देखिएका थिए भने अभिभावकहरूले सहयोगप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमलाई सफल बनाउन विभिन्न सहयोगी दाताहरूको महत्वपूर्ण योगदान रहेको थियो। कार्यक्रममा सहयोग पु¥याउने दाताहरूमा डा. विनोद थापा, ने.ग.का धर्मेन्द्र बोहरा, बर्दिया निवासी रञ्जित अधिकारी , नेपालगंन्जका. शमशेर महतरा, देपेन्द्र न्यौपाने, तथा धनेश्वर यादव तथा बर्दिया निवासी कुल बहादुर बि.क रहनुभएको थियो।

पेशाले प्रहरी रहनुभएका बिक समाजसेवा गर्दै आइरहनुभएको छ । बिगत समयमा पनि उहाले आफना गाउ समुदायमा आफनै पहलमा निरन्तर सामाजिक कार्य गर्दै आइरहनुभएको छ ।
दाताहरूको सहयोगले अपाङ्गता भएका विद्यार्थीहरूको दैनिक जीवन र शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष लक्ष्मी अधिकारीले अपाङ्गता भएका बालबालिकालाई राज्य र समाजले विशेष संरक्षण र अवसर दिनुपर्ने आवश्यकता औल्याउनुभयो। उहँले स्थानीय सरकार अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच, संरक्षण र सशक्तीकरणका लागि निरन्तर रूपमा काम गरिरहेको र यस्ता सहकार्यपूर्ण कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने बताउनुभयो।

विद्यालय प्रशासनले सहयोगी दाताहरू, अतिथि तथा कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले समावेशी समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ

  • २५ पुष २०८२, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२