नेपालगंन्ज ।
बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृंखला पुस २७ गते नेपालगञ्जमा हुने भएको हो ।
ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगञ्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १०० मिटरको दुरी सबैभन्दा कम समय लगाएर अर्थात सुस्त गतिमा पार गर्ने प्रतियोगी विजयी हुनेछन् । प्रथम, दिवतीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले गर्न लागिएको सो प्रतियोगितामा विभिन्न निकायहरुको सहकार्य रहनेछ ।
प्रतियोगिताबाट पछिल्लो समय युवा पुस्ताहरु तीब्र गतिमा सवारी चलाउँदा दैनिक जसो दूर्घटनाको सिकार भइरहेको अवस्थामा आमनागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने, हुने अपेक्षा लिइएको छ ।
प्रतियोगितामा प्रतियोगीहरुले अनलाइन तथा कार्यालयमा नै आएर नाम दर्ता गर्न सक्ने गरी ब्यवस्थापन गरिएको छ । सहभागिता जनाएर सवारी दूर्घटना न्यूनीकरणमा एक्येबद्धता जनाउन बासले सबैमा अपिल गरेको छ । प्रतियोगिता पुस २७ गते आइतबार दिउँसो १ बजे गर्ने कार्यतालिका रहेको छ ।











