(नेपालगंन्ज )
नेकपा एमाले बाके प्रचार बिभागले ११ औ राष्ट्रिय अधिवेशनको सकारात्मक सन्देश अबको कार्यदिशा प्रश्न बिषयक अन्र्तक्रिया गर्दै शनिबार नवनिर्वाचित केन्द्रीय सदस्यहरु लाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ ।
प्रचार बिभाग प्रमुख अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा शनिबार नेपालगन्जमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा एमाले नेताहरुले महाधिवेशनबाट एमाले एकतासाथ अघि बढेको भन्दै पार्टीलाई बलियो बनाउन तल्लो तहदेखि सक्रिय हनुपर्ने धारणा राखे ।

एमालेका केन्द्रिय सदस्य शान्ति ढकालले महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओली नेतृत्वको पदाधिकारी र केन्द्रीय सदस्यहरुको जुझारु टोलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन थप बल पुगेको बताइन्।
केन्द्रिय सदस्य सुर्य ढकालले एमालेबिरुद्ध फैलाइएका र फैलाउन खोजिएका सम्पूर्ण भ्रमहरु महाधिवेशनले अन्त्य गरेको बताए ।
कार्यक्रममा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु शान्ति ढकाल, सूर्य ढकाल, मोहम्मद हारुन, आरती पौडेल,र लेखा आयोगका सदस्य विजया धिताललाई सम्मान गरिएको छ ।
कार्यक्रममा पार्टीका नेता बलराम भट्टराइ, किशोर थापा ,पत्रकार लगाएतको उपस्थीति थियो ।











