३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार
सिप बाट गुजारा चलाउदै आत्मनिर्भर बन्दै महिला
  • मेनका चौधरी

    ८ पुष २०८२, मंगलवार

गुलरिया (बर्दिया)८पुस

बाँकेको कोहलपुर नगरपालिकाको –११, एनटिभी रोडकी दिपा सार्की अहिले ४२ बर्षकी भइन् । कोहलपुरको एनटिभी रोडको चौतारी मुनी दिनभरी फाटेका जुत्ताा चप्पल सिलाएर गुजारा चलाउछीन् । यसरी रोडमा जुत्ता चप्पल सिलाउन थालेको १५ बर्ष भयो । घाम छेक्न् रुखको चौतारी छदैछ । पानी परे नगरपालिकाले दिएको एउटा बाकस र छाता छ । त्यसैले ओत लगाएर काम गर्छीन् ।

सम्पत्तीको नाममा एउटा बस्ने कटेरो बाहेक उनिसंग केहि छैन् । कोहलपुरको ११ क्याम्पस चोकमा घर छ । त्यहि पनि सुकम्बासी बस्तीमा । कति खेर उठीबास लगाउने हुन थाहा छैन् । एकपटक भत्कीएर मर्मत गरेर बसेकी छन् ।

जुत्ता चप्पल सिलाएर दिनमा पाचसय देखी आठ सय सम्म कमाइ हुन्छ । सधै दिन एकनास हुदैनन् ।ग्राहक पनि थरी थरीका आउछन् । कोही पैसा धेरै भयो भनेर कराउछन् । कोही थोरै भन्यौ भने पनि धेरै पैसा दिएर जान्छन् । सल्यान बाट १५ बर्ष अघि कोहलपुर झरेकी उनका श्रीमानले छोरा भएन् भन्दै अर्काे बिहे गरेर गए । १० बर्ष देखी श्रीमान संग छुटीएर बसेकी छन् । सानैमा आमा गुमाइन् । १० बर्षको उमेरमा बुवा गुमाइन् । १६ बर्षको उमेरमा बिबाह गरीन्। त्यहि श्रीमानले पनि बिच बाटोमा एक्लै छाडेर गए । परिवारमा एक छोरी बाहेक अरु कोही छैन् । त्यहि छोरी लाइ १२ कक्षा सम्म पढाइन् । एक बर्ष अघि छोरीको बिहे गरीदिइन् ।
‘कमाइको नाममा केहि बचत छैन् कमाएको पैसा जति दिनमा पाचसय बचत गर्छु छोरीको बिहेका लागि सहकारी बाट डेढ लाख ऋण लिएकी छु । त्यहि ऋणको तिर्दै छु ।,सार्किले भनिन् ,‘कमाएको पेैसा बचत हुदैन् नुन तेल तरकारीमा कमाएको पैसा सकिन्छ । मिठो मसीनो खानै परयो । नखाइ पेटले मान्दैन् । ’

दिनमा दुइ टाइम खाना बाहेक केही खादीनन् । बिहान खाना बनाएर खाना बोकेर बिहान ८ बजे देखी पसल खोल्छीन् । दिउसो टिफीनमा बोकेर ल्याएको खाना खान्छीन् । साझ ५ बजे तिर पसल बन्द गरेर घर गएर खाना पकाए खान्छीन्। छोरीको बिहे गरेपछि झन एक्लो भएकी छन् ।
‘घर खेत केही छैन् । सबै किनेर खानुपर्छ ।महगी धेरै छ । दिनको तरकारीमा एकसय खर्च हुन्छ । त्यस माथी बिमारी भइरहन्छु ।ढाड दुख्ने हात खुा दुख्ने बिमारले हैरान छु । ’उनले भनिन् ,‘महिनाको तिन हजार त औषधी मै खर्च हुन्छ । कमाएर दिने । टिठाएर हेर्ने आफनो कोही छैन् । मरे भने त छिमेकीले नै फाल्ने होलान जस्तो लाग्छ । ’
श्रीमानले सिकाएको सिपले धन्न गुजारा चलेको छ । अर्काे बिहे गरेर गएपनि धन्न एउटा गुन लगाएर गए । हातमा सिप भएपछि भोकै बस्न पर्दैन् । त्यहि सिप कै भरमा बाचेकी छन्। मिठो खाने राम्रो लाउने त त्यस्तै हो । जिबन निर्भाहका लागि जिन्दगी चले कै छ । महिनाको कमाइको कुनै हिसाब किताब राख्दीन् । पसलमा लागि धागो ,सियो, पालिस किनेर राख्छीन् । नया जुत्ता राख्दीन्न् । फाटेका जुत्ता चप्पल सिलाउने सामान मात्र राखेकी छन्।
‘च्यातीएका जुत्ता चप्पल जस्तै टालटुल गरेर जिन्दगी चलिरहेको छ । जिन्दगी संग कुनै गुनासो छैन् । धेरै काम गर्न सक्दीन् । दिनभरी बसेर काम गर्दा ढाड दुखेर हेरान हुन्छ । हातका औलाहरु सियोले घोचीएर सुनिन्छन् । ’उनले भनिन् ,‘
एक्लै भए पनि पापी पेटले मान्दैन् । मुखमा माड हाल्न पनि काम त गर्न परयौ । घाम पानी केही नभेर काम गर्नुपर्छ । ’

यस्तै बाँकेकी गिता सुनार अहिले ४२ बर्षको भइन् । नागरीकतामा गोमा सुनार भएपनि मलाइ सबैले गिता भनेर चिन्छन् । अटो चलाउने गिता दिदी भनेपछि कोहलपुरमा नचिन्ने कमै छन् । बाँकेको कोहलपुरमा अटोरिक्सा चलाउन थालेको सात बर्ष भयो । दिनभरी अटो रिक्सा चलाउछीन् ।दिनभरी चलाएको अटोरीक्सा बाट पाच सय देखी एक हजार आम्दानी हुन्छ । त्यहि आम्दानी बाट उनको घर खर्च चलेको छ ।कोहलपुर नगरपालिका –२ ,आन्नद नगरमा उनको घर छ । सम्पतिको नामाम बस्नको लागि स्वरोजगार कार्यक्रमले बनाइ दिएको त्यहि दुइकोठे घर मात्र छ ।
पतिको २८ बर्षको उमेरमा अमासय नलीमा क्यान्सर भएपछि १२ बर्ष अघि मृत्यु भयो । १८ बर्षमा बिहे भयो २४ बर्षको उमेरमा एकल भइन् । कमाउने पति घर धान्ने मान्छे मरेर गएपछि घरै रित्तो भयो । तर पनि हरेस खाइन्न् ।सहाराको नाममा साथमा २१ बर्षिय र १५ बर्षिय छोरा छन् । जसोतसो छोराछोरी पढाएकी छन् ।छोराको पढाइ खर्चमा ६ हजार जति खर्च हन्छ ।
‘सरकारी स्कुल भएपनि बार्षिक खर्च टिउसन , कोचिङ्गं भन्दै फिस माग्छन् । कपि कलम खाजा खर्च र घर खर्च महिनाको १० हजार खर्च छ । ’उनले भनिन् ,‘तेल तरकारी ,रासन भर्नै परयौ। पाहुना आउदा चाडपर्वमा माछा मासु खान परयौ । पेटकै लागि पनि कमाउनै परयौ । ’
पतिको मृत्य पछि छोराछोरीको भबिष्यका लागि साढेतिन बर्ष कुवेत बसेर आइन् । सासुआमा संग छोराहरुलाइ जिम्मा लगाएर परदेशको भुमिका बस्न मनले मानेन्। घर फर्कीन्। साढेतिन बर्ष बसेपनि धेरै कमाउन सकिनन् । नेपाल फर्के पछि बिदेशमा कमाइको नामामा एक लाख १० हजार पैसा बचत थियो । सात बर्ष अघि सहकारीमा ऋण खोजेर पाँच लाखमा अटोरिक्सा किनीन् । लकडाउन कोरोनामा कमाएर भएपनि रिक्सा किनेको ऋण किस्ता बुझाउदै तिरीन् ।कहिले साइकल पनि नचलाको मान्छे अटोरिक्सा किनेर चलाउन थालीन् ।
‘के गर्ने बाध्यता दुखंले मान्छेलाई धेरै कुरा सिकाउछ । कोहलपुरको चोकहरुमा रिक्सा चलाउछ । कहिलेकाहि गाउँ सम्म पनि पग्नुपर्छ । ’उनले भनिन् ,‘घाम पानी कसैले रोक्दैन् । गर्मी धेरै भएकाले बाहै्र मासै एउटा ज्याकेट अनि आखामा चस्मा लगाएर रिक्सा कुदाउछु। ’
एउटा चोकको ३०रुपैया दररेट छ । बिहान ५ बजेदेखी साझ ६ बजे सम्म रिक्सा चलाउछीन् । बिहान खानाखान घरमै पुग्छीन् । अहिले कान्छो छोरोले भान्सामा सहयोग गर्छ । मिठो मसीनो घरमै खाएर काममा आउछीन् । अहिले भर्खर रिक्साको ब्याट्री चेन्ज गरीन् । २ लाख ६५ हजारमा ब्याट्री फेरीन् । सहकारी बाट ऋण लगेर ब्याट्री किनेकी हुन्। ऋण तिर्न सहकारीमा किस्ता किस्तामा पैसा बुझाउनुपर्छ ।
सानो छोरा कक्षा कक्षा ८ मा पढछ । जेठो छोरा एसइइ दिएर बिचैमा पढाइ छोडेर बसेको छ । लकडाउन र कोरोनामा पढाइ भएन् । गलत संगतमा फसेर नशा पानिमा लाग्यौ । साथीहरुको लहैमा लागेर गलत बाटोमा लाग्यौ । अहिले बिस्तारै सध्रिएको छ ।
तर साथीहरुको कारण लागुऔषधीकाे मुद्धामा एक पटक प्रहरीले समातेर लगेपछि मुद्धा लगाइदिएछन् ।
‘अहिले रिक्सा चलाउदै तारिक बोक्दै हिडदै छु। कहिले प्रहरी कहिले अदालत धाउन परेको छ । यो मद्धा छिनो फानो भइदिए पनि निर्धक्क भएर काम गर्न पाउथे होला । उनले भनिन् ,‘गरीबको जिन्दगीमा पनि अनेकौ समस्या आउछन् । गरीब मान्छे ठुला मान्छे लाइ चिन्दैनौ ।हाम्रो भनसुन सुनिदैन् । जहा फसेपनि गरीबकै छोरा नै फस्ने हुन् । आफनो दुंख कस्तो छ कसैले देख्दैनन् । ’
अब अझै पाखुरामा बल भएसम्म पाँच बर्ष रिक्सा चलाउने हिम्मत उनि राख्छीन् पाँच बर्षपछि घरमै कपडा सिलाउने पसल राखेर काम गर्ने सपना उनको छ ।
‘ हेरौ भगवान रैछन् भने दुंख देख्लान । बाटो देखाइदेलान् ।’ उनले भनीन्
उनी जस्ता हातमा सिप भएका संयौ महिला अहिले नगर तथा गाउँ गाउँमा सिप सिकेर काम गरीरहेका छन् । उनिहरुलाई सिकेको सिपमा थप दक्ष अनि आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिकाले महिलाहरु लाई माग अनुसारको तालीम अनि सिपको ब्यवस्थापन गरीरहेको कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुबेदीले बताइन् ।
‘सिपले आत्मनिर्भर मात्रै हैन।, हिसा हुनबाट पनि बचाउँछ ।’उपप्रमुख सुबेदीले भनिन् ,‘महिलाहरुको ससक्तिकरण र समाज बिकासको लागि आत्मनिर्भरतामा जोड दिनुपर्छ ।’

  • ८ पुष २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२