१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार
नेपालगन्ज ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ तयारीमा पर्यटन व्यवसायी जुटदै

नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४ देखि ६ मा कन्क्लेभ हुन लागेको हो ।

  • न्युज डेस्क

    २३ मंसिर २०८२, मंगलवार

नेपालगन्ज — पुष पहिलो साता नेपालगन्जमा आयोजना गरिएको नेपाल–भारत ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ को तयारीमा यहाँका पर्यटन व्यवसायी जुटेका छन् ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४ देखि ६ मा कन्क्लेभ हुन लागेको हो ।

बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन गर्न कन्क्लेभ आयोजना गरिन लागेको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ यहाँका समग्र पर्यटन व्यवसायीको साझा कार्यक्रम हामीले संयोजन गर्दैछौं,’ उनले भने, ‘पर्यटकीय गतिविधि चलायमान बनाउन सबै पर्यटन व्यवसायीको साझेदारी पनि महत्वपूर्ण छ ।’

नाट्टा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ले दुवै देशको पर्यटन व्यवसायको अनुभव आदान–प्रदान हुनुका साथै पर्यटकलाई भित्र्याउँदा सीमा क्षेत्रमा आउने गरेका समस्या समाधानका लागि नीति, निर्माता बीच बृहत रुपमा छलफल हुने बताए ।

नेपालगन्ज ट्रान्जिट मात्रै नभएर अब पर्यटकीय हब तथा गन्तब्यका रुपमा चिनाउन भारतीय पर्यटन व्यवसायी, सरोकारवाला बीच हुने ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ उपयोगी हुने उनले बताए ।
पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ कन्क्लेभ सफल पार्न यहाँका सबै पर्यटन व्यवसायी र सरोकारवाला एकमत हुनुपर्ने बताए ।

  • २३ मंसिर २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२