(नेपालगंज )
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले घरैबाट सबैले हिंसा विरुद्धको अभियान थाल्नु पर्ने बताएका छन् । लैङ्गिक हिंसाको स्वरुप परिवर्तन हुदै गएको भन्दै प्रविधिका कारण हुने लैङ्गिक हिंसा प्रति संवेदनशील हुनु पर्ने बताए ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपालगन्जमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले प्रविधिबाट हुने हिंसा रोक्न सचेत हुनु पर्ने बताए ।‘ शैक्षिक रुपान्तरण बिना हिंसा न्युनीकरण सम्भव नहुने बताए ।
त्यसैले घरैबाट सबैले हिंसा विरुद्धको अभियान थाल्नु पर्ने आवश्यका हो । मन्त्री जन्मजय तिमिल्सेनाले भने,–‘पारिवारिक पीडा नै सामाजिक पीडा हो । यसर्थ समाज बनाउने जिम्मा तपाई–हामी सबैको हो । प्रविधि आफैमा गलत कुरा होइन । यसको प्रयोग कसले र कुन नियतले गरिरहेको छ भन्ने कुरामा सदुपयोग वा दुरुपयोग भन्ने ठहर्छ । यसकारण पनि हिंसा नहोस भन्नका लागि प्रविधिको सहि सदुपयोग गर्न जरुरी छ ।’
हिंसा रोक्ने अभियान आफैंबाट सुरु गरे मात्रै सम्भव हुने उनको भनाई थियो ।
प्रविधि प्रयोगका कारण हुने लैंगिक हिंसा रोक्न सबैले अविभावकले आफना सन्तानहरुलाई डिजिटल साक्षरतालाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । उनले डिजिटल साक्षरता आवश्यक भएको प्रसंग कोट्याउदै भने–‘अहिले घरघरमा आफ्ना सन्ततीलाई डिजिटल शिक्षाको महत्व बुझउन सके भविश्यमा हुने सक्ने दुर्घटना टर्ने थियो ।’
प्रविधिका कारण हुने हिंसाका स्वरुप र आयामहरु बदलिदै गएको सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका बरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले बताइन् । उनले भनिन्,–‘प्रविधिको विकास संगै लैङ्गिक हिंसाको प्रवृत्ति, स्वरुप र आयामहरुमा विविधता छ । जसका कारण पनि प्रविधिको प्रयोग मार्फत हुने हिंसा कम गर्न थप चुनौती छ । यसर्थ पनि सबैले यस विरुद्ध ऐक्यवद्धता जनाउन आवश्यक छ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्ट र लुम्बिनी प्राविधिक विश्वविद्यालयका वरिष्ठ उप–प्राध्यापक प्रतिक चन्दले प्रविधिको दुरुपयोग र लैङ्गिक हिंसाबारे छुट्टा–छुट्टै प्रस्तुतिकरण दिएका थिए ।
त्यस अवसरमा सहभागि बिच लुम्बिनी प्रदेशको लैङ्गिक हिंसा,त्यसका कारणहरु र हिंसा रोक्न खेल्न सकिने भूमिका बारे प्रस्तुतिकरण छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय सुशिलावादी तथा सञ्जु कुमारी चौधरी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उप–कुलपति प्राध्यापक डाक्टर विनोद ढकाल जिसस बाँके प्रमुख ज्ञानेन्द्र चौधरी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र भट्टको उपस्थीति थियो ।











