१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार
बर्दियामा सिमसार पानी र आहारको प्राकृतिक ‘बैंक’ बर्दियामा बढैयाताल, ताराताल ,सत्खुलवा ताल, दानुवाताल क्षेत्र सुख्खा हदैँ
  • मेनका चौधरी

    २३ मंसिर २०८२, मंगलवार

बर्दियामा सिमसार पानी र आहारको प्राकृतिक ‘बैंक’ हो। बर्दियामा बढैयाताल ताराताल, सत्खुलवाताल, दानुवाताल गोेरुईयाताल लगायत धेरै तालहरु रहेको जिल्ला हो,यहाँ धेरै जातीका माछाहरु पाइने गछन।
बर्दियामा अहिले माछाबाट सयौं परिवारले सिमसारबाटै जीविका चलाउँछन्। निजि ताल सिमसार तालबाट बचाउनु भनेको गाउँ, वनस्पति, जनावर र भविष्य बचाउनु हो। बर्दियामा अघिल्लो वर्षको जस्तो छैन् उठेर विहानै बिहानै अघिल्लो वर्षजस्तो छैन। घाम खुल्ने समय बदलिएको छ, हावा पहिलेुेुभन्दा चिसो–गर्मी छ । बर्दियाको सिमसार क्षेत्रका पोखरी, दलदल र झोलामा अहिले पानीको मात्रा वर्षैभरी एउटै जस्तो हुदैन । कहिले अत्यधिक पानी, कहिले अत्यन्तै कम—यो उतारचढाव स्थानीय वासीलाई मात्र होइन, सिमसारमा भरोसा गर्ने सयौं माछा,जनावर, चराचुरुङ्गी र वनस्पतिलाई पनि अति कठिन बन्दै गएको छ।
बर्दिया जिल्लामा सिमसारहरू प्राकृतिक सौन्दर्य मात्र होइनन्, जीवन–जिविकाको आधार पनि हुन्। माछा पालन, पशुपालन, घाँस–दाउरा, सिंचाइ र होलिडे–भ्ररण—यी सबै सिमसारमा निर्भर छन्। तर विगत केही वर्षयतादेखि जलवायु परिवर्तनले यिनै सिमसारलाई धरापमा पारेको स्थानीय वासीको गुनासो छ।
असारमा पानी नपरी सिमसार सुक्ने, साउनमा एकैछिनमै बाढीले बढैयाताल गाउँपालीका बाँसगढी बारबर्दिया ठाकुरबाबा, राजापुर , गेरुवा गुलरिया बबई किनारकाे क्षेत्र तथा गाउँ–टोल नजिकैका दर्जनौं सिमसार अहिले असन्तुलित मौसमको मारमा छन्।
६२ वर्षका किसान वढैयाताल गाँउपालीका वडा नम्वर ५ जगतीयाका सीता राम थारु भन्छन्, “पहिला असार लाग्यो भने पानी आफैँ आउँथ्यो, घाँस पनि हरियो हुन्थ्यो। अहिले असार भर पानी परेन्, साउन–भदौमा एकैछिन मै बाढी आउँछ।”

असारमा वर्षा नहुनु सिमसारका लागि विनाशकारी हुन्छ। पानीको अभावले पोखरीको तल्लो भाग सुक्दै जान्छ, माटो र फोहोरको तह बाक्लिंदै जान्छ। माछा मर्न थाल्छन्, साना–साना जलीय जीवहरू हराउँछन्। यही साना जीव नै चरा र जनावरको मुख्य आहार हुन्। पहिले पहिले वढैयातलमा धेरै चराहरु आउथ्थे अहिले आउन छाडेका छन् । यहाँ तालमा गोहीहरु घोडघो सुतही गंगता पाइथ्थे आजकाल पाउदैन्न । पहिले कमलको फुलहरु फुल्ने गथ्थो आज काल फुल्लहरु कम मात्र पाइन्छन् । बारबर्दिया नगरपालीका वडानम्वर ९का लक्ष्छी राम चौधरी भन्छ्न सातवटा ताल मीलेर वनेको सत्खोलुवा तालमा यहाँँ नाग देउता वस्ने गरेको ठाँउ हाे तालको बिचमा नाग देवता छ पुर्खाहरुको भनाई छ । पुर्खाहरु भन्छन कसैले सन्ताल प्रराप्त गर्न यो तालमा देउतालाई पुजा गर्न आउथ्थे र रातो कमलको फुल चढाउने गथ्थे । अनि सन्तानको प्रतीकका रुपमा पाउथे याे पुरानो ईतिहास हेर्दा पाईन्छ याे ताल सत्खलुवामा नाग देउताको वास रहेको पर्यटक हरु हेर्न आउने गरेको बताए । चौधरी उनी भन्छन पहिले यहाँ धेरै परीकारको माछा घोघी पाइन्थ्थे तर आज आल पाउन छाडेको छन्। यहाँ पानीको मात्र धेरै कम भएकोले यहाँ ति पानीमा पाईने जीवहरु पाइदैन्न ।

साउन–भदौमा एक्कासि असाधारण वर्षा हुदा सिमसार डुबानमा परे पनि समस्या हुन्छ। अत्यधिक पानीले चरिको बासस्थान भत्किन्छ, घोंसाहरू बगेर जान्छन्, गाई–वस्तुको चरन थलो नष्ट हुन्छ।

संमरक्षकर्मी सुनील रेग्मीका अनुसार बर्दियाका सिमसारहरू जलवायु परिवर्तनका प्रत्यक्ष ‘संकेतक’ हुन्।उनका शब्दमा, “पहिले वर्षैभर एकसमान पानी हुने सिमसार अहिले २–३ पटक ‘एक्सट्रिम’ अवस्थाबाट गुज्रिन्छ। यसले जैविक विविधतामा गम्भीर असर पु¥याउने संकेत दिइरहेको छ।”

सिमसार सुक्दै जाँदा जलीय वनस्पति हराउदै छन्। कमल, सिउँडी, झोलाभित्रका फुल–घाँस धेरै सिमसारबाट हराइसकेका छन्। घोघी गगता माछा सुतही हराइसकेका छन् यी वनस्पतिले पानीको तापक्रम नियमन गर्ने, पोषण बनाइराख्ने, माटो बाँधेर राख्ने काम गर्थे। यसले सिमसारलाई प्राकृतिक ‘कुलर’ जस्तो बनाइदिन्थ्यो ।अब वनस्पति हराउँदा पानी छिटो तात्छ, छिटो सुक्छ र छिटो प्रदूषित हुन्छ।
बबई नदीको किनार बढैयातालको कर्णाली नदीमा रहेको ताराताल दानुवाताल सत्खुलवाताल यस क्षेत्रमा चरा अवलोकन गर्नेहरूका अनुसार यस वर्ष सारस, बकुल्ला, चिल गिद्ध जस्ता चरा धेरै कम देखिन थालिएको छ।
६० वर्षका स्थानीय शिक्षक शालीकराम भटराई भन्छन्, “पहिले चैत मा ताल वरिपरि सयौं चरा देखिन्थे। अहिले २०–३० मात्र देखिन्छन्।”सिमसार सुक्दा साना माछा, कीरा–किर्साना घट्दै गएका छन ।्प्रदूषण बढेर पानीको गुणस्तर बिग्रदै गएको छ । चराको आगमन घट्नु भनेको सिमसार ‘स्वस्थ’ नरहेको स्पष्ट संकेत हो।

यसका साथै मानवीय गतिविधि र जलवायु परिवर्तनको दोहोरो मारमा परेका छन् । सिमसार वरीपारी नदीको वरीपरी वाटो वनाउने घर हरु वनाउने विषदी प्रयोग गरी माछा मारेर खाने नुहाउने फोहर पानीमा लुगाहरु धुने सोडाहरु प्रयोग गर्ने धेरै प्रयोग गर्ने भएकोले उनीहरुको बासस्थानमा खलल पुगेको हो ।
जलवायु परिवर्तनकै कारण मौसम असन्तुलित भएको छ । तर मानवीय गतिविधिले थप घाउ बढाइरहेको छ। सिमसार क्षेत्रमा होटेल, घर र खेतीको अतिक्रमण भइरहेकाे छ । पोखरीमा फोहोर, सिसा, प्लास्टिक फाल्ने सिमसारलाई नहर र सडकले काटिएको छ । सिमसार पुनर्जीवनको दीर्घकालीन योजना नहुनु यिनै कारणले पानीको प्राकृतिक बहाव रोकिन्छ, सिमसारको ‘फिडर’ स्रोत बन्द हुन्छ र जलीय जीव संकटमा पर्छ। सिमसार हराउँदा मान्छेको जीवनमा असर परीरहेको छ । पर्यटकीय क्षेत्र नै हराउदै छ ।
धेरै पोखरीमा अब माछा उत्पादन घट्दै छ। पानीको गुणस्तर बिग्रँदा माछा मर्ने समस्या बढेको छ। सिमसार नजिक हरियो घाँस हराएपछि किसानले टाढाबाट घाँस ल्याउनुपर्छ, खर्च बढ्छ।
सिचाइ खेतमा सिँचाइ गर्ने प्राकृतिक पानी सुक्दै जाँदा किसान वर्षा मात्र पर्खन बाध्य छन्। सिमसार प्रदूषित हुँदा झाडापखाला, छाला रोग, मच्छर जन्य समस्या बढेको गुनासो छ।
वढैयाताल गाँउ क्षेत्रमा केही वर्षयता समुदायकै नेतृत्वमा गरिएका प्रयासले भने आशा पलाएको छ। स्थानीय महिला समूहहरूले सिमसारमा फोहोर फाल्न रोक्ने अभियान चलाएका छन्।
युवाहरूले सिमसार पुनर्जीवनका लागि घाँस काटेर चिसोपन कायम राख्ने काम गरिरहेका छन्।केही ठाउँमा वर्षा पानी संकलन र भू–उपरोग कार्यक्रम सुरु भएको छ ।यस्ता प्रयासले सिमसार पुनर्जीवनमा आशा जगाएको छ। प्रमुख जिल्ला अधिकारी गाेगन बहादुर हमालकाे अनुसार यस मा संरक्षण काे खाँचाे रहेको बताए बर्दिया जिल्लाको कृषि प्राविधिक अधिकृत फिर्तुमान चौधरी ले भने सिमसार क्षेत्र सुख्खा हुने कारण पानी कम पर्ने र मानवको कारण हाे ढुङ्गा गिट्टी बालुवा उत्खनन गरी मापदण्ड विपरित बाेक्ने गरेकाेके यहाँ कसैले सरसफाई नगर्ने कारण रहेको बताए।

  • २३ मंसिर २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२