१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार
नेपालगन्जममा आज अर्थमन्त्री रामेश्वर खनालले आइसिपी नेपालगन्जमा डाटाबेस प्रणाली सञ्चालनसुरु गरे अर्थमन्त्री

प्रविधि मैत्री सुवास भन्सार लागु

  • मेनका चौधरी

    २१ मंसिर २०८२, आईतवार

आइसिपी नेपालगन्जमा डाटा प्रणालीको सुरुवात
नेपालगन्ज,बाँके: (मेरो उडान):२१मसिर,नेपालगन्जममा आज अर्थमन्त्री रामेश्वर खनालले आइसिपी नेपालगन्जमा डाटाबेस प्रणाली सञ्चालनपछि अवैधानिक क्रियाकलाप रोकिने बताएका छन्। उनले डाटा बेस प्रणाली सञ्चालनपछि व्यवसायको लागत घट्नुका साथै पारदर्शी गराउने सुनाए।
आइतबार बाँकेमा रहेको आइसिपी नेपालगन्जमा मूल्याङ्कन डाटाबेस प्रणाली सुरुवात गर्दै उनले सो कुरा बताएका हुन् l
अब भन्सारबाट कुनै पनि सामान छामछुमका आधारमा भन्सारबाट जाँदैन। उनले भने;”
अवैधानिक क्रियाकलाप लाग्नेलाई कारबाही व्यवसायीलाई सहजीकरण गर्छौं। वैध व्यापार गर्नेलाई सलुट अवैध व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउँ ल्याउँछौ।”
मन्त्री खनालले यो प्रणालीपछि अन्तर्राष्ट्रिय अभ्यासबाट विमुख नहुने बताए। खनालले समयमा निर्वाचन, भ्रष्टाचार न्यूनीकरण र सुशासन अहिलेको सरकारको प्राथमिकतामा रहेको सुनाए l
विराटनगर, बीरगन्ज र भैरहवा भन्सारपछि नेपालगन्जमा यो प्रणाली लागू गरिएको हाे।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, राजश्वका सचिव भुपाल बराल, एडिबीका परामर्शदाता निर्मलहरि अधिकारीले यो प्रणालीपछि मूल्यांकन प्रकिया छिटो हुने र भन्सार मूल्यांकनमा एकरुपता आउने बताए। ‘
अब भन्सारमा मूल्यांकनका कारण विवाद हुँदैन।’
अर्थमन्त्री खनालले आइतबारनै कोहलपुरमा रहेको राजश्व कार्यालय, नेपालगन्जको आन्तरिक राजश्व, कोलिनिकाको अनुगमन गर्नुका साथै नेपालगन्ज उद्योग बाणिज्य संघमा पुगेर व्यापारीसँग छलफल गरेका थिए ।

  • २१ मंसिर २०८२, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२